एक लाखसहित तीन जुवाडे पक्राउ


[ss_social_share]
लेखक : लेखापढी      १४ मंसिर २०७७, आईतवार ०३:४८ मा प्रकाशित     
एक लाखसहित तीन जुवाडे पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले नगदसहित तीन जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले बागलुङ नगरपालिका २, हाडेपाखास्थित चन्द्रप्रसाद गैरेको घरमा जुवातास खेलिरहेको भन्ने सुराकीका आधारमा तीन जनालाई नगदसहित शनिबार पक्राउ गरेको हो ।

एक लाख १७ हजार रुपैयाँ नगदसहित बागलुङ नगरपालिकाका तेजबहादुर केसी, सोही स्थानका यमबहादुर केसी र बागलुङ नगरपालिका ४ का तेजनाथ उपाध्यालाई तीनथान ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । -रासस

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •