रहस्य (लघुकथा)


लेखक : लेखापढी      १३ मंसिर २०७७, शनिबार १५:०३ मा प्रकाशित     
रहस्य (लघुकथा)

हुँदै हुँदैन, तँ यो कुरामा जिद्दी नगर, म कुनै सम्झौता गर्न सक्दिन । यदि त्यो केटीलाई भित्र्याइस भने तैंले मेरो मरेको मुख हेर्नु पर्छ ।

आफ्नो बाबुको कुरा काट्न गाह्रो थियो उसलाई । आफ्नो मन मिल्ने सँगै पढ्ने स्कुलको साथीसँग बिवाह गर्ने उसको चाहनामा तुषारापात हुने देखेर ऊ भित्र देखि खिन्न थियो ।

आज सम्म नदेखेको बाबुको रौद्र रूप देखेर उ चकित भयो । आमा नभएको टुहुरो सानै देखि बाबुले हुर्काएको । बाबुले उसको प्रत्येक चाहाना पुरा गरिदिएका थिए । आफ्नो बाबुको कुरा काट्न गाह्रो थियो उसलाई । आफ्नो मन मिल्ने सँगै पढ्ने स्कुलको साथीसँग बिवाह गर्ने उसको चाहनामा तुषारापात हुने देखेर ऊ भित्र देखि खिन्न थियो । बुबाको आज्ञा पालन गरि बुवाले नै खोजेको केटीसँग लगन गाँठो कस्यो ।

तर उसको मनमा सँधै बुवा उसको चाहनामा किन तगारो बन्नु भयो भन्ने कुराको गाँठो परिरह्यो । कहिले पनि प्रतिप्रश्न गर्न सकेन । जिज्ञासा मनभित्र नै दबाएर राख्यो ।

समय बित्यो । बुवाको देहावसान भयो ।

उसले आफुले गर्नु पर्ने संस्कारमा कुनै कसुर राखेन । देहावसान पश्चात बुबाको केही सरसमान चिनो स्वरूप राखेर बाँकी दुःखी, गरिब बीच बाड्ने निश्चय गर्यो । बाबुले राखेको राखनधारन जाँच गर्ने क्रममा दराज खोल्यो ।

मलाई थाहा छ छोरा मैले तेरो उसँग विवाह गर्ने चाहनामा तुषारपात गरिदिएँ, तेरो शरीरमा जुन रगत बगिरहेको छ त्यही रगत त्यो उसमा बगेको छ नातामा उ तेरो...

एउटा डायरी भेट्यो । डायरीका पन्नाहरू अर्ती, उपदेश र अन्य दुःख सुखका कथा ब्यथाहरूले भरिएका रहेछन् ।

त्यहाँ एउटा चिट्ठी थियो, उसलाई सम्बोधन गरेर राखेको । उसले त्यो चिट्ठी सरर पढ्दै जाँदा उसको आङ्ग सिरिङ्ङ हुँदै गयो । लेखिएको थियो “मलाई थाहा छ छोरा मैले तेरो उसँग विवाह गर्ने चाहानामा तुषारपात गरिदिएँ,”

तेरो शरीरमा जुन रगत बगिरहेको छ त्यही रगत उसमा बगेको छ नातामा उनी तेरो…..

त्यसभन्दा अघिको शब्दले उ स्तब्ध भयो र थचक्क भुँईमा बस्यो ।
“बेइमान” – तपाईँ पनि पढ्नुहाेस, बालबालिकाहरूलाई पनि सुनाउनुहाेस र लेख्न प्रेरित गर्नुहाेस


मनिष कुमार शर्मा ‘समित’
ठिमी, भक्तपुर


यहाँका लेख-रचना हामीलाई ईमेल मार्फत पठाउन सक्नुहुनेछ:
                    email- lekhapadhee@gmail.com 
                      visit us: www.lekhapadhee.com