राजसंस्था पनि देशको एक प्रमुख शक्ति हो !!


[ss_social_share]
लेखक : लेखापढी      ११ मंसिर २०७७, बिहीबार १२:५२ मा प्रकाशित     
राजसंस्था पनि देशको एक प्रमुख शक्ति हो !!
 
यतिबेला देशका विभिन्न क्षेत्रहरुमा “राजा आउ देश बचाउ !” भन्ने नारा लागिरहेका छन् । अर्थात् सोझो अर्थमा भन्नु पर्दा राजसंस्था पुनर्स्थापनाकाे मागस्वरुप विभिन्न र्याली र जुलुसहरु प्रदर्शन भइरहेका छन् ।

आम संचारमाध्यममा मुख्य समाचार नै यि राजावादी संघसंस्थाहरुको राजसंस्था पुनर्रस्थापनाका लागि गरिएका प्रदर्शन र जुलुस हुँदा पनि सरकार पुरै मौन छ । पुर्वराजा ज्ञानेन्द्र शाह कुनै डान्सबारमा नाच्दा समेत अनेकौ अभिव्यक्ति वा टिप्पणी गर्नेहरु पनि यतिबेला तैं चुप मैं चुप छन् । अझैं अलि अगाडी बढेर भन्ने हो भने देशको सत्तासिन ठुलो पार्टी नेकपा यतिखेर आन्तरिक किचलोमा चुर्लुम्मै डुबेको छ । मानौं उनिहरुलाई साम, दाम, दण्ड-भेद आन्तरिक किचलो मिलाउनु छ । देश र जनता जाए भाँडमे भने जस्तै गरेका छन् । 
पुर्वराजा ज्ञानेन्द्र शाह कुनै डान्सबारमा नाच्दा समेत अनेकौ अभिव्यक्ति वा टिप्पणी गर्नेहरु पनि यतिबेला तैं चुप मैं चुप छन् ।
मैले आज नेकपाको आन्तरिक किचलोका बारेमा बहस गर्न खोजेको होईन । केवल राजा वा राजसंस्था पुनर्रस्थापनाकालागि देशव्यापीरुपमा प्रदर्शन गर्ने विभिन्न शक्तिहरुका अदुरदर्शी भिजनका बारेमा थोरै आफ्नो बिचार दिन गइरहेको छु । २०६२/०६३ जन-आन्दोलनको माहोल आफ्नो विपक्षमै देखेकाले तत्कालिन राजा ज्ञानेन्द्रले सजिलै नारायणहिटी दरबार छाडेको ईतिहास त्यती पुरानो पनि कहाँ भएको छ र ? उनलाई त्यो बेला जनता, सात राजनैतिक दलसहित सबै आफ्नो विरुद्धमा भएको महसुस भएकै हो । यो कुरा राजा ज्ञानेन्द्रले दरबार छोड्नु अघि गरेको पत्रकार सम्मेलनमा भनेका छन् । जुन स्पष्टरुपमा अहिले पनि भिडियो फुटेजहरुमा देख्न र सुन्न सकिन्छ । तसर्थ आफ्ना निकट र समर्थकहरुबाट यतिबेला ज्ञानेन्द्र शाहले ‘त्यागि राजा’ को ट्याग् पनि पाएका छन् । 
 
देशमा आमुल परिवर्तन ल्याउने भनि १० वर्ष सशस्त्र आन्दोलन गरेको माओवादी पार्टी देशको मुल राजनैतिक प्रवाहमा समाहित भएको पनि झण्डै डेढ दशक पुग्न लाग्दै गर्दा देश र जनताले के पाए ?
त्यागि राजा हुन की निरंकुश या तानाशाह हुन् त्यस अघिका उनका विभिन्न राजनैतिक कदमहरु र दरबार हत्याकाण्डको ईतिहास कोट्याउदा पनि धेरथोर कुरा अनुमान लगाउन सकिन्छ । खैर त्यता तिर पनि नजाउँ, देशमा आमुल परिवर्तन ल्याउने भनि १० वर्ष सशस्त्र आन्दोलन गरेको माओवादी पार्टी देशको मुल राजनैतिक प्रवाहमा समाहित भएको पनि झण्डै डेढ दशक पुग्न लाग्दै गर्दा देश र जनताले के पाए ? यतिबेला आमजनता र विभिन्न विश्लेषक तथा विद्वानहरुबाट यो कुराको लेखाजोखा भने अवस्य भएकै छ । त्यसैले केही राजनैतिक विश्लेषकहरुले राजसंस्थाको पुनर्रस्थापनाकालागि जनता सडकमा आउनुलाई स्वाभाविक वा उनिहरुको यि नेता र राजनैतिक पार्टीहरुप्रतिको वितृष्णा र घृणा हो पनि भन्ने गर्दछन् । 
 
देशमा धेरै-थोरै विकास र परिवर्तनका काम नभएका भन्ने कुरा मान्न सकिदैन । चाहे यो समय संगसंगै भएको परिवर्तन मान्नुहोस्, चाहे यि राजनीतिक पार्टी र नेताले गरेको मान्नुहोस् । यस श्रृष्टीमा भएका हरकोही चिजवस्तु र प्राणी सबैले समयसापेक्ष नयाँ-नयाँ परिवर्तन चाहन्छन्, यो ध्रुवसत्य कुरा हो । जसमध्ये मानिस चराचर जगतको मालिक वा सर्वश्रेष्ठ प्राणी हुनुको नाताले अग्रगामी परिवर्तन चाहनु वा खोज्नुलाई म सामान्य लिन्छु । यो कोणबाट हेर्ने हो भने नेपालको राजनीतिमा पुन: राजसंस्था फर्किए के होला ? वा पहिला के भएको थियो भनि प्रश्न उठ्नुलाई पनि स्वाभाविक लिन सकिन्छ । यसर्थ राजावादी संघसंस्थाले दुरगामी भिजन प्रस्तुत गरेर प्रस्ट रुपमा अघि बढ्न सक्नुपर्दछ भन्ने मेरो मान्यता हो । 
गल्ली-गल्लीमा हल्ला छ, राजा ल्याउने सल्लाहा छ, यो सुगा रटाईको नाराले न त राजा र राजसंस्था फर्कीन्छ, न त अत्याधुनिक युगमा प्रवेश गर्न अग्रगामी कदम चालेका नेपालीले नै पत्याउछन् ।
गल्ली-गल्लीमा हल्ला छ, राजा ल्याउने सल्लाह छ, यो सुगा रटाईको नाराले न त राजा र राजसंस्था फर्कीन्छ, न त अत्याधुनिक युगमा प्रवेश गर्न अग्रगामी कदम चालेका नेपालीले नै पत्याउछन् । म त अझै पुर्व राजा ज्ञानेन्द्रले यि र यस्ता कुरा सुन्दा वा सुनाउदा फिस्स हाँसेको अनुहार सम्झिन्छु ।
मृदभाषी राजा ज्ञानेन्द्र निकै चलाख छन्, उनि झ्वाट्ट कुनैपनि कुराको प्रतिकृया जनाइहाल्ने र सरल तथा सहज प्रकारको जवाफ दिइहाल्ने व्याक्तित्वमा पर्दैनन् । तर पनि उनलाई केही मात्रामा धर्म-कर्मप्रति विश्वास भएकाले तेस्रो पटक देशको राजा बन्ने योग, र जनताको यतिबेलाको उत्तेजना तातेको फलाममा घन बजार्ने बेला आएको भान परेकै छ, यद्धपी खुल्ला रुपमा उनका कुनै प्रतिकृया भने यतिबेलासम्म कतै आएका छैनन् । 
 
राजनैतिक पार्टी र नेताहरुको ताल देख्दा राजा वा अन्य कुनै ठुलो शक्ति आइ यिनलाई क्र्यापझ्याप पारोस् भन्ने लगभग ७० प्रतिसत जनतामा छ । तर त्यो शक्ति कुन हो वा त्यस्तो व्याक्ति यो देशमा को होला ? भन्ने अन्यौलता भने जनतामा स्पष्टरुपमै छ । यतिबेला मैले नेपाली जनतामा निर्णयक्षमताको कमि रहेको महसुस गरिरहेको छु । यो अवस्था सम्म राजसंस्था पुनर्रस्थापनामा पनि न स्पष्ट भिजन छ, न कुनै अडिक निर्णय छ, नत राजावादी संघसंस्था सबै एउटै मोर्चामा नै आउन सकेका छन् । अर्को मनन् योग्य कुरा राजा ज्ञानेन्द्र ७५/७६ वर्षका भए । उमेर बृद्व भएपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा जस्तो उर्जा उनमा छैन । 
रत्नाकार डाँकु सुध्रिएर बाल्मिकी बने, महाभारत लेखे, भनि युबराज पारसको बचावट गर्ने तप्का पनि नभएका होईनन् । 
अवको नेपाल गम्भिर प्रकृतीको स्वाभाव भएको नेतृत्वले चलाउन असम्भव छ । राजा ज्ञानेन्द्र पुन: राजा भइहाले वा राजसंस्था पुनर्रस्थापना भइहाले पनि राजाका उत्तराधिकारी सबै सामु छताछुल्लै भएर पोखिएका छन् । आज भन्दा १७/१८ वर्ष पहिलेका नेपालीहरुले अस्विकारेका युबराज पारसलाई यो युगका नेपालीले पुन: युबराज वा राजा ज्ञानेन्द्र शाहका उत्तराधिकारीकारुपमा स्विकार्लान भन्ने मुर्ख विश्लेषण वा बिचार म पटक्कै दिन सक्दिन । अर्को कुरा पारसका सुपुत्रमा पनि राष्ट्रप्रमुख हुने वा बनाईने शिक्षा, दिक्षा र संस्कार दिलाईएको छ भन्नेमा पनि म विश्वस्त छैन । हृदयन्द्रलाई भावी नेपालका राजा वा राष्ट्र प्रमुख बन्ने संस्कार दिइएको होला भन्ने कुरा पनि दुविधाबिहीन उनकी आमा हिमानी र दुई दिदीहरु खुल्ला रुपमा टिक-टकमा रमाउनु वा सस्तो लोकप्रियता तिर लम्किनुले पनि पारेको छ । तथापी रत्नाकार डाँकु सुध्रिएर बाल्मिकी बने, महाभारत लेखे, भनि युबराज पारसको बचावट गर्ने तप्का पनि नभएका होईनन् । 
 
उता पारसले म युबराज होईन, म राजा बन्न जन्मिएको होईन, राजाबादी नबन र कोही कसैलाई राजाबादी नभन, म तपाँईहरु जस्तै आम मानिस हुँ समेत भनेका भिडियो क्लिप बेला-बेलामा सामाजिक संजाल तथा युबट्युबमा देख्न र हेर्न पाइन्छ । उनका यि अभिव्याक्तिले पारस भौतिकरुपमा राजा वा राष्ट्र प्रमुख त बन्दैनन् नै, राजनैतिक, मानसिक, चारित्रिक र सामाजिक रुपमा पनि उनि राजा वा राष्ट्र प्रमुख बन्न लायक छैनन् भन्ने जो कोहिले पनि सजिलै बुझ्न सक्दछ । यावत कुराले राजा वा राजसंस्था चाहने जो कोही महानुभाव र राजाबादी भनिने संघसंस्थाहरुलाई अलिकति पनि गम्भिर बन्न मेरो अनुरोध छ । देशमा गरिने आमुल परिवर्तन् भावनामा बहकीएर गरिने कुरा होईन । यो देशमा हुने अवको भावी राजनैतिक परिवर्तनसंग राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र ३ करोड नेपालीको राष्ट्रभक्ति भावनालाई दाउमा राख्ने कुरा हो । 
 
यावत अवस्थामा वर्तमान सरकार, प्रतिपक्ष र अन्य जिम्मेवार राजनैतिक दलहरु किन यति गैर जिम्मेवार बनीरहेका छन् ? राष्ट्र र जनता प्रति मैले बुझ्न सकिरहेको छैन ।
विश्वभर फैलिएको कोभिड-१९ को महामारिले आर्थिक र भौतिकरुपमा मै हुँ संसारको महाशक्ति राष्ट्र भन्नेहरुले समेत यतिबेला यो महामारीसंग घुँडा टेकेको अवस्था छ । नेपालजस्तो विकासोन्मुख देशमा के कस्तो असर परेको होला त्यो तपाँई हामी सबैले भोगेकै र आँकलन गर्न सक्ने कुरा हो । मैले माथि पनि भनीसकेको छु । यावत अवस्थामा वर्तमान सरकार, प्रतिपक्ष र अन्य जिम्मेवार राजनैतिक दलहरु किन यति गैर जिम्मेवार बनीरहेका छन् ? राष्ट्र र जनता प्रति मैले बुझ्न सकिरहेको छैन ।
 
अन्तमा म मात्र के भन्छु भने, देशको वर्तमान अवस्था र राजनैतिक पार्टीका नेताहरुको दैनिक भएका यि कृयाकलापले गर्दा जनतामा निकै वितृष्णा जागृत भएको छ । त्यसैले सबै स्वार्थ त्यागेर, राष्ट्र र जनताको हितमा हुने कार्यमा अघि बढ्न यतिबेलै सहि समय ठानी सबै सच्चिने, राजा र राजसंस्था चाहने जनताका जायज मागहरुको यथासिघ्र सुनुवाई तथा मुल्यांकन गरि यही व्यवस्था र संविधान भित्र संवैधानिक राजा र राजसंस्था अटाउछ कि, त्यो क्षेत्र खोजी आन्तरिक राजनैतिक गृहकार्य थाल्न विलम्व नगर्न पनि मेरो अनुरोध छ । यसो गर्दा आधा जनता सडकमा आधा जनता सदन तथा सत्ता पक्षमा हुने लामो तथा तितो ईतिहास पनि दोहोरिने थिएनन् र राजा वा राजसंस्था पनि देशको एउटा मुख्य शक्ति हो भन्ने नेता मदन भण्डारीको बुझाईलाई यथार्थतामा परिणत गरि देशलाई समृद्वी र विकासको पथमा लम्काई सुखी नेपाली समृद्व नेपालको सपना साकार पार्ने की ?
जय नेपाल!!!

विवेक चन्द ठकुरी 
मध्यपश्चिम नेपाल 
“ठकुरी, समसामयिक राजनैतिक, सामाजिक बिषयबस्तुहरुमा शसक्त एबं स्वतन्त्र रुपमा बिस्लेषण आउनुभएको छ, उल्लेखित बिचार उहाका व्यक्तिगत धारणा हुन |”
50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •