शिशिर याममा (कविता)


[ss_social_share]
लेखक : लेखापढी      ११ मंसिर २०७७, बिहीबार १८:१० मा प्रकाशित     
शिशिर याममा  (कविता)

हुस्सुले सिङ्गो बस्तिहरु
निलिदिन्छ
मुटु कमाउने जाडोहरु
प्रशस्त ल्याइदिन्छ
लक्लक कपाउने/ चिड्याउने
जाडोबाट सम्बन्ध बिच्छेद गर्न
हिमालहरु
पहाडहरु
तराईतिर ओरालो लाग्छन्
घाम खोज्दै शिशिर याममा

असरल्ल जिन्दगीको हिडाइहरुमा
मन थामेर आफैं
प्रेमी बिनाको यात्रा गर्दै छु
छिप्पिदो चिस्यानको रातमा
कुकुरहरुको कुँ कुँ
जङ्गलहरुको रुवाइ
चराहरुको चिर्बिर चिर्बिरमा
बिहानी छरपस्ट खुल्छ
शिशिर याममा

जोडीहरुको जमातमा
आफुलाइ अभागी ठान्छु
देख्छु
सयौं थरिका
ढपक्क ढाक्ने बाक्ला मोटा बलिया
प्रेम जोडिहरु
र ठुलो साहस
कि रुइ कि दुई भएपछि
शिशिर याममा

म एक्लो
झ्यालबाट हल्का हल्का छिर्ने
हावाको झोक्का संग
लडिरहेको छु
मेरो सिरक तान्छु
कहिले खुट्टामा
कहिले टाउकोमा
तान्दा तान्दै
प्रीयसिको अनुपस्थितमा
हरदम उसको यादमा
लड्दैछु
शिशिर याममा।


बाबुराम श्रेष्ठ ‘यात्री’
मरिण गा.पा.७ सिन्धुली
प्रकाशित कृति :देश स्वप्न कविता संग्रह (२०६३)
शिक्षा :एम. एड.(अंग्रेज़ी )
सम्प्रति : शिक्षक( मरिण बहुमुखी क्याम्पस , कपिलाकोट मा.बि.)

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •