अब जङ्गे पिलर, वीर अस्पताल र त्रिविको पनि नाम फेर्ने की?: अर्जुन नरसिंह केसी


अब जङ्गे पिलर, वीर अस्पताल र त्रिविको पनि नाम फेर्ने की?: अर्जुन नरसिंह केसी

काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री अर्जुन नरसिंह केसीले काठमाडौँ महानगरले रत्नपार्कको नाम फेरेको घटनालाई लिएर निर्मम व्यंग्य कसेका छन्। केसीले अब जंगे पिल्लरको नाम फेर्न सरकारलाई सुझाएका छन्।

केसीले, ‘अब जङ्गे पिलर, बीरअस्पताल र त्रिवि आदिको पनि नाम फेर्ने की?’ भन्दै महानगर प्रति व्यंग्य कसेका हुन्।

 

केसीले रत्नपार्कको नाम फेरेर शंखधर उद्यान राख्नु स्वयम् राष्ट्रिय विभूति शंखधर साख्वाको अपमान भएको बताएका छन्। उनि भन्छन्, ‘ऐतिहासिक तथा पुरातात्विक पहिचान मेटेर राष्ट्रिय विभूति शंखधर साख्वःको नाम राख्नु इतिहासको मात्र होइन वहाँको पनि अपमान भएको छ।’

केसीले साख्वाको नामबाट अर्को संरचना बनाउन सकिने भन्दै महानगरको निर्णयको विरोध गरेका छन्।

बुधवार सामाजिक सञ्जालमा केसीले ऐतिहासिका धरोहरहरुको नाम फेर्नुलाई ‘विसंगति र विकृति’ भएको भन्दै त्यसले आत्मघाती परिणाम निम्त्याउने बताएका छन्। उनले भने, ‘ऐतिहासिक नामफेर्ने विसंगति र विकृतिले बुमर्याङ गर्छ।’