देशभर आजबाट कक्षा १२ को परीक्षा शुरु, ४ लाख ३३ हजार १ सय ८० परीक्षार्थी


लेखक : लेखापढी      ९ मंसिर २०७७, मंगलवार १०:५५ मा प्रकाशित     
देशभर आजबाट कक्षा १२ को परीक्षा शुरु, ४ लाख ३३ हजार १ सय ८० परीक्षार्थी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले लिन लागेको कक्षा १२ काे परीक्षा आजबाट देशभर शुरु भएको छ ।
कक्षा १२ को परीक्षा गत वैशाख ८ गतेबाट सञ्चालन हुनुपर्ने थियो । तर महामारीका कारण स्थगित भएको परीक्षा अहिले सञ्चालन गरिएको हो । परीक्षा मङ्सिर १६ गते सकिने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

आजको परीक्षामा देशभरका चार हजार १०५ विद्यालयका चार लाख ३३ हजार परीक्षार्थी सहभागी हुने छन् । कुल परीक्षार्थी मध्ये १४ हजार परीक्षार्थीले हाल आफू बसोबास गरीरहेको स्थान नजिक पर्ने गरी परीक्षा केन्द्र परीवर्तन गरेका छन् भने बाँकीले निर्धारीत परीक्षा केन्द्रबाटै परीक्षामा सहभागी भएका छन् ।
सबै परीक्षा केन्द्रहरुमा निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षाहरु सञ्चालन भई रहेको छ ।

विद्यार्थीलाई भौतिक उपस्थितिमा नै परीक्षा लिन कुनै समस्या नभएको र त्यसका लागि आवश्यक तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए । एजेन्सी