इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकियो


इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल लिड्स युनाईटेडसँग बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित आर्सनलले लिड्ससँग गोलरहित बराबरी खेलेको हो ।

लिड्सको मैदानमा दुबै टोलीले पाएको मौका गुमाउदा खेल बराबरीमा सकिएको हो ।

बल पोजिसनमा पकड जमाएको लिड्सले एक दर्जन बढी पोस्ट आक्रमण गरेको थियो । तर, लिड्स गोल गर्न असफल भयो ।

 

खेलको ८७ औं मिनेटमा प्याट्रिक बामफोर्डको हेड बल पोस्टमा लागेर फर्किदा लिड्स जित निकाल्नबाट बन्चित बनेको थियो ।

आर्सनलले पनि गोलको केहि उत्कृष्ट अवसर पाएको थियो । तर, आर्सनल गोल गर्न चुकेको थियो ।

यस्तै खेलको ५२ औं मिनेटमा निकोलस पेपेले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो ।

लिड्सका एलिओस्कीलाई टाउकोले हानेपछि पेपेलाई रेफ्रीले रातो कार्ड देखाउदै मैदानबाट बाहिर पठाएका थिए ।

यस बराबरीसँगै आर्सनलले १३ अनक जोडेको छ । आर्सनल तालिकाको ११ औं स्थानमा रहेको छ ।

लिड्स ११ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

Image