भाउजू : लघुकथा


लेखक : लेखापढी      ८ मंसिर २०७७, सोमबार ०३:३८ मा प्रकाशित     
भाउजू : लघुकथा

मिल्ने साथीलाई भाउजू बनाउन पाएर भुईमा खुट्टा छैन नन्दकाे ।

भाउजू पनि मन परेकाे केटाेसँग बिवाह भएकाे  र  बच्चै देखिकाे मन मिल्ने  साथीकाे  भाउजू हुन पाएर मख्ख  छिन ।    
“भाउजू ! ए !  भाउजू ,आज फिलिम हेर्न जाउन । नयाँ  फिलिम लागेकाे छ रे आजैबाट ।”

बन्दना घिमिरे

“दादालाई साेध्नु पर्छ,  के भन्नु हुन्छ ? आज आउन अलि ढिलाे हुन्छ भन्दै हुनुहुन्थ्यो  । साेध्नु न त फाेन गरेर ।”
“नाई,म त साेध्दिन । हजुर नै साेध्नु न भाउजू , प्लिज ।”
“बुबा- आमालाई साेध्नु भयाे त ?”
“छैन साेधेकाे, अब साेध्छु ।”
केहिबेर ओत लागेर हिडदा पनि  दुवै भिजेर  निथ्रुक्क भएर  घर पुग्दा झमक्क साँझ पर्याे ।
बुबा – आमा र दादा सबै सगँ अनुमति  लिएर नन्द- भाउजू  १२-३ काे शाे फिल्म  हेर्न  गए ।  फिल्म  हेरेर बजारमा सानाे तिनाे किनमेल गरेर खाजा खाए । फर्कने बेलामा मुसलधारे  पानी परेकाले एकछिन त ओत लागेर बसे । केहिबेर ओत लागेर हिडदा पनि  दुवै भिजेर  निथ्रुक्क भएर  घर पुग्दा झमक्क साँझ पर्याे । 
“बिचरी ! हाम्री सानी त के जान्दछे  र ?  भाउजू चाँहीले त अलि बुझ्नुपर्ने  नि । साँझ नपारी घर फर्कनुपर्छ भनेर ।”
आज कति ढिलाे गरे केटीहरुले, पानी परेर हाेला बुवा भन्द‌ै  हुनुहुँदा‌े रहेछ । उनिहरु हतार-हतार कपडा  फेर्न आ-आफ्नाे काेठामा पसे । बाहिर आमाले बुबा सँग भनेकाे सुनियाे । “बिचरी ! हाम्री सानी त के जान्दछे  र ?  भाउजू चाँहीले त अलि बुझ्नुपर्ने  नि । साँझ नपारी घर फर्कनुपर्छ भनेर ।”

बन्दना घिमिरे  

गठ्ठाघर, भक्तपुर


यहाँका लेख-रचना हामीलाई ईमेल मार्फत पठाउन सक्नुहुनेछ:
email- lekhapadhimedia@gmail.com 
visit us: www.lekhapadhi.com
 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
100% LikesVS
0% Dislikes