विश्वकै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक: लिंकमा गएर डाउनलोड गर्नसक्नुहुन्छ


[ss_social_share]
लेखक : लेखापढी      ६ मंसिर २०७७, शनिबार ०४:५३ मा प्रकाशित     
विश्वकै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक: लिंकमा गएर डाउनलोड गर्नसक्नुहुन्छ
स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। 
लकडाउनको छ महिनामा बिहान पाँच बजेदेखि राति ११ बजेसम्म गिरि र उनका छ जना शिष्य खटेर यो शब्दकोश तयार पारिएको हो ।

यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ। 

शब्दकोशमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ समावेश गरिएको छ। शब्दकोष एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ। यसैगरी वेबसाइटमा केएन स्वामी डटकममा गएपछि चार भाषाका करिब चार लाख शब्द खोज्न सकिने शब्दकोश निर्माणकर्ता स्वामी केशवानन्दले जानकारी दिए। 

यी चार भाषाका शब्द ‘फूल टेक्स्ट’ खोज्न यो एप र वेबसाइट उपयोगी हुनेछ। एउटा शब्दको चारै भाषाका अर्थ थाहा पाउन सकिनेछ।

शब्दकोशमा संस्कृतबाट नेपालीका एक लाख, संस्कृतबाट संस्कृतका डेढ लाख, संस्कृतबाट हिन्दी ५० हजार र संस्कृतबाट अङ्गे्रजीका ५० हजार गरी चार लाख शब्द सामावेश गरिएको छ। धातु र त्यसको कृदन्त रूप ५० हजार गरी चार लाख शब्दको ज्ञान कोशबाट वेबसाइट वा एपमा गएर हेर्न सकिने गरी समावेश गरिएको उनले बताए।
एण्ड्रोइड फाइभभन्दा पछिका भर्सनमा यो मोबाइल एप प्रयोग गर्न सकिन्छ । मोबाइल एपको साइज केवल १२६ एमबीको छ । कोश एप र वेबसाइटमा उपलब्ध भएपछि प्रयोगकर्ताले ठूला-ठूला शब्दकोश बोकेर हिँड्नुपर्ने, पल्टाउनुपर्ने झन्झटबाट मुक्ती पाउने भएका छन् ।

 
प्रयोगकर्ताका माझ यो सजिलो शब्दकोशका रूपमा आएको छ । गुरुकुलमा आफूले निःशुल्क शिक्षा आर्जन गरेकाले करिब ५० लाख रुपैयाँ लागतमा तयार पारिएको यो विद्युतीय कोश बिना शुल्क पाठकका लागि उपलब्ध गराइएको स्वामी केशवानन्दले बताए ।
https://lekhapadhi.com/2020/11/20/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a5%88-%e0%a4%a0%e0%a5%82%e0%a4%b2%e0%a5%8b-%e0%a4%b6%e0%a4%ac%e0%a5%8d%e0%a4%a6%e0%a4%95%e0%a5%8b%e0%a4%b6/
डाउनलोड गर्नुहोस: https://play.google.com/store/apps/details?id=com.lpt.knswami 
50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •