कुर्सि -लघुकथा


लेखक : लेखापढी      ४ मंसिर २०७७, बिहीबार ०८:१५ मा प्रकाशित     
कुर्सि -लघुकथा

 

ऊ कुर्सी नजिक गयो र थचक्क बस्यो । अब ऊ ठूलो भयो, अरु सबै साना ।
जसले त्यो कुर्सीमा पुर्याएका हुन उनैलाई बिर्स्यो । उसको संगत बद्लियो । आफ्ना सहयात्रीहरु, सहयोगी हातहरू कसैको कुरा सुन्न उसले कोसिस गरेन।

बरु भ्रष्टाचार, मोजमस्तीमा अभ्यस्त भयो । आफ्नो भुँडी भर्यो टन्नै। आफ्नो शरीरको तौल बढायो टन्नै । उसलाई आफूबाहेक अरु कोही पनि प्यारो लाग्न छोड्यो ।

कुर्सीको खुट्टाहरू बडेमानको बकम्फुसे शरीरको भार बोक्दै थाकिसकेका थिए । त्यो शरीरको भार थाम्न नसकेर कुर्सी भाचियो र ऊ बरल्याङ लड्यो ।

यसरी नै चार वर्ष बितेपछि बडेमानको शरीर बोकेर गाउँतिर फर्किने सोच बनायो फेरि त्यही कुर्सीको आश गरेर । त्यति बेलासम्म ढिलो भइसकेको थियो । कुर्सीको खुट्टाहरू बडेमानको बकम्फुसे शरीरको भार बोक्दै थाकिसकेका थिए । त्यो शरीरको भार थाम्न नसकेर कुर्सी भाचियो र ऊ बरल्याङ लड्यो ।

फेरि कहिल्यै ऊ त्यो कुर्सीमा बस्न सकेन ।


अंकुर चन्द 
कंचनपुर, सुदुरपस्चिम
(निरन्तर रुपमा उत्कृस्ट साहित्यिक रचना पठाउनु हुने “अंकुर चन्द ” ज्यूमा हार्दिक आभार ब्यक्त गर्दछौ – लेखापढी म्यागजिन, lekhapadhee.com)