राजसंस्थाको पुनर्बहाली माग: स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिमद्वारा धनगढीमा बृहत र्याली


लेखक : लेखापढी      ४ मंसिर २०७७, बिहीबार २०:०५ मा प्रकाशित     
राजसंस्थाको पुनर्बहाली माग: स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिमद्वारा धनगढीमा बृहत र्याली

धनगढी । धनगढीमा संवैधानिक राजतन्त्र पुनःबाहालीको माग गर्दै व्यापक जनप्रर्दशन गरिएको छ । स्वतन्त्र देश भक्त नागरिक सुदूरपश्चिमको आयोजनामा धनगढीमा मोटरसाइकल र्याली सहित राजतन्त्र पुनःबाहालीको माग गर्दै प्रर्दशन  भएको हाे । धनगढीबाट सुरु भएको र्याली निर्माणाधिन ६ लेन सडक हुँदै अत्तरियामा सम्पन्न  भएकाे थियाे ।

र्यालीमा सहभागीहरुले “राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ” लगायतका नारा लगाएका छन् | र्यालीमा राजसंस्था पुनःबाहालीका पक्षधरहरुको हजाराैंकाे संख्यामा सहभागिता रहेको थियाे ।