सुदुरपस्चिमबाट रघुबीर चन्दको खबरदारी गजल


लेखक : लेखापढी      ४ मंसिर २०७७, बिहीबार ०६:५८ मा प्रकाशित     
सुदुरपस्चिमबाट रघुबीर चन्दको खबरदारी गजल

राणा पञ्च ढाल्नेदेखि गणतन्त्रमा सरिक हुन्छौं ! 
लुटेराकै जमातहरू हामी कहिलेसम्म चुन्छौं !!
बोक्रेवादमा उक्सिएर आँसुले मुख कति धुन्छौं ! 
लछारपाटो नलाउनेको झोले भक्त कति बन्छौं !!

मरूभूमिमा महिनौं सम्म तिर्खाएका ऊँट झै आए!
सिन्कोसम्म भाँचिएन फगत गुटै गुट भए !!
जनताबाटै लुटिएको भोज भतेरमा कति रम्छौ !
आफैं बीउ रोपी हामी आफ्नै खाडल कति खन्छौं !!

मटेङग्रा र गुलेलीले शिकार कहिलेसम्म गर्छौं !
छेपारो झैं रङ फेर्नेको कहिलेसम्म पिट्ठू बन्छौं !! 
बेतालका गुलिया मीठा यिनकै भाषण कति सुन्छौं !
वल्लो घाट न पल्लो तीर भै कहिले सम्म हामी बाँच्छौ !!


रघुबीर चन्द 
कंचनपुर, सुदुरपस्चिम


हजुरहरुका लेख-रचना हामीलाई ईमेल मार्फत पठाउन सक्नुहुनेछ:
                    email- lekhapadhee@gmail.com 
                      visit us: www.lekhapadhee.com