“पाउ हजुरको किन कस्ट गरिबक्स्यो” गित बजारमा आउदै


लेखक : लेखापढी      ३ मंसिर २०७७, बुधबार ११:१६ मा प्रकाशित     
“पाउ हजुरको किन कस्ट गरिबक्स्यो” गित बजारमा आउदै

काठमाडौँ- नेपाली शास्त्रीय संगीतमा सजिएको एक ऐतिहासिक गीत केहि दिनको अन्तरालमा बजारमा आउने ब्यापक तयारि गरिदैछ | 

डा.दिलिप कुमार मल्लको शब्द रहेको गीतमा लक्षु प्रकाश मल्लको संगीत र गायिका निशा देसारको मनमोहक मधुर स्वर रहेको छ | नेपाली गीत संगीतको आधुनिकतामा रमाएका लाखौ नेपालीहरुलाई यो फरक गीतले पक्कै मन लोभ्याउने देखिन्छ | 

राजा महाराजाहरुको दरबारमा हुने गरेको शास्त्रीय संगीत संगै आलिशान दरबार भित्रको मौलिक दृश्यले यो गीतको उचाई थपेको छ | 
गीतको कोरियोग्राफीमा स्वजन रघुबंशी साथै निर्देशनमा शेर शाही  रहेका छन् |

pau hajur ko kina kasta by banisha hamal dr dilip kumar malla laxu prakash malla nisha dashar