अक्षय कुमारको ‘लक्ष्मी’ले विदेशी बक्स अफिसमा तहल्का मच्चाउँदै, भारतमा कमजोर रिभ्यु


लेखक : लेखापढी      २ मंसिर २०७७, मंगलवार १४:३५ मा प्रकाशित     
अक्षय कुमारको ‘लक्ष्मी’ले विदेशी बक्स अफिसमा तहल्का मच्चाउँदै, भारतमा कमजोर रिभ्यु

एजेन्सी-  बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित चलचित्र ‘लक्ष्मी’ भारतमा ९ नोभेम्बरमा डिज्नी हट स्टारमा रिलिज भयो । भने यही चलचित्र अस्ट्रेलिया, न्युजिल्यान्ज, फिजी, पापुवा न्युगिनी र यूएईका हलहरुमा पनि रिलिज गरियो । 

भारतमा चलचित्र लक्ष्मीलाई क्रिटिक्स र दर्शकबाट त्यति राम्रो प्रतिक्रिया नमिले पनि विदेशी बक्स अफिसमा भने यसले धमाल मच्चाइरहेको छ । फिल्म क्रिटिक्स तरण आदर्शले सामाजिक सन्जाल ट्‌विटरमा यूएई, पाकिस्तान, पपुवा न्युगिनी, न्यूजिल्यान्ड र अस्ट्रेलियामा गरेको कमाइको विवरण सेयर गरेका छन् ।

यूएईमा ‘लक्ष्मी’ को सोमबारदेखि आइतबारसम्मको कमाइ भारतीय १.४६ करोड छ । त्यस्तै पपुवा न्युगिनीमा शुक्रबारदेखि आइतबारसम्म एक क्षेत्रको तीन दिनको कमाइ भारतीय १८ हजार र फिजीमा भने ७ क्षेत्रको हलले ३ दिनमा भारु १७.१६ लाख कमाइ गर्न सफल बनेको छ ।

न्युजिल्यान्डको २१ क्षेत्रको र अस्ट्रेलियाको ५२ क्षेत्रको तीन दिनको कमाइ क्रमश: भारु ४२.३८ लाख र ७०.४८ लाख भारु छ । ‘लक्ष्मी’ तमिल चलचित्र ‘कञ्‍चना’ को हिन्दी रिमेक हो । चलचित्रको निर्देशन कञ्‍चना निर्देशन गरेका राघव लरेन्सले नै गरेका हुन् ।

चलचित्रमा अक्षयले एक त्यस्तो व्यक्तिको भूमिका निभाएका छन् जसमा ट्रान्सजेन्डरको आत्मा आउँछ । अक्षयका साथै चलचित्र कियारा आडवाणी, अश्विनी कलसेकर, राजेश शर्मा, आयशा रजा र मनु ऋषिको मुख्य भूमिका छ । 
-नवभारत टाइम्स