महाकवि देवकोटाको शालिक अनावरण


लेखक : लेखापढी      ३० कार्तिक २०७७, आईतवार ०३:१७ मा प्रकाशित     
महाकवि देवकोटाको शालिक अनावरण

मोरङ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुनः निर्माण गरिएको शालिकको अनावरण गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र प्राज्ञ दिवस पोखरेलले विराटनगर–८ देवकोटा चोकमा देवकोटाको ११२ औँ जन्मजयन्तीको उपलक्ष्यमा पुनः निर्मित शालिकको आज संयुक्त रुपमा अनवरण गरे । महानगरपालिकाको रु १९ लाख लागतमा शालिक निर्माण गरिएको छ भने त्यसको वरिपरि स्ट्रिट लाईट राखिएको छ । 

प्रमुख पराजुलीले प्रजातन्त्र पुनःस्थापनापछि विराटनगरबाट प्रधानमन्त्री भएका सबैको शालिक नगर क्षेत्रमा निर्माण गरिने जानकारी दिए । उनले प्रजातन्त्र स्थापनाका लागि देवकोटा पुस्तकालयको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै पुस्तकालय सुचारु रुपमा सञ्चालनको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 
विस २०४२ मा महाकवी देवकोटाको शालिक स्थापना गरेपछि सो चोकको नाम देवकोटा चोक रहन गएको हो । रासस