‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सात खेलाडी सम्मानित (नामावली सहित)


लेखक : लेखापढी      २९ कार्तिक २०७७, शनिबार ०३:५६ मा प्रकाशित     
‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सात खेलाडी सम्मानित (नामावली सहित)

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता सात खेलाडी ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट यस वर्ष सागका स्वर्णधारी सात खेलाडीलाई सम्मानित गरेको हो । 

सम्मानित हुनेमा दोहोरो पदकधारी खेलाडी करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुबास तामाङ रहेका छन भने आइएक्लिङकी लक्ष्मी मगर, शारीरिक सुगठनका समिर श्रेष्ठ, भारोत्तोलनका विकास थापा र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित भएका हुन् |

प्रशिक्षकमा भने करातेका कुशल श्रेष्ठ र तेक्वान्दोका नविन कुमार श्रेष्ठ रहेका छन् । निर्णायकमा जुडोका धर्म कुमार श्रेष्ठ सम्मानित भएका छन् । त्यस्तै खेल संघमा गल्फ रहेको छ । चिकित्सातर्फ भने डा. ज्ञानेन्द्र विक्रम शाह रहेका छन् ।

‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित हुने खेल प्रायोजकमा काठमाडौं महानगरपालिका र कतार एयरवेज रहेका छन् । 

सम्मान प्राप्त गर्नेको सूची – 

सि नं

खेलाडीको नाम/थर

ठेगाना

 खेल

विधा

मन्देकाजी श्रेष्ठ

मध्यपुर ठिमी १३ भक्तपुर

कराँते

खेलाडी

आयषा शाक्य

ललितपुर १६ ललितपुर

तेकवान्दो

खेलाडी

लक्ष्मी मगर

विदुर १० नुवाकोट

साईकिलिङ्ग

खेलाडी

सुवास तामाङ्ग

कोन्जोसोम ५ ललितपुर

गल्फ

खेलाडी

समिर श्रेष्ठ

बागेश्वरी ८ भक्तपुर

शारीरिक सुगठन

खेलाडी

विकास थापा

नैकाप काठमाडौं

भारोत्तोलन

खेलाडी

सन्तोषी श्रेष्ठ

ज्वालामुखी ६ धादिङ्ग

एथ्लेटिक्स

खेलाडी

कुशल श्रेष्ठ

धनकुटा ७ धनकुटा

कराँते

प्रशिक्षक

नविन कुमार श्रेष्ठ

कामनपा ३२ कोटेश्वर काठमाडौं

तेकवान्दो

प्रशिक्षक

१०

धर्म कुमार श्रेष्ठ

तिमाल ४ काभ्रे

जुडो

निर्णायक

११

डा ज्ञानेन्द्र विक्रम शाह

दरवार ३ गुल्मी

सबै

चिकित्सक

१२

नेपाल गल्फ संघ

का.प.न.पा सिनामंगल ९

संघ

गल्फ

१३

काठमाडौं महानगरपालिका, काठमाडौं

बाग्मती प्रदेश, काठमाडौं

 

रामबन्धु सुवेदी

प्रवक्ता

युवा तथा खेलकुद मन्त्रालय

 

 

खेल प्रायोजक

१४

कतार एयरवेज

काठमाडौं

 

खेल प्रायोजक