डनलाई कथापात्र बनाउँदाको थ्रिल !


लेखक : लेखापढी      २९ कार्तिक २०७७, शनिबार १७:४३ मा प्रकाशित     
डनलाई कथापात्र बनाउँदाको थ्रिल !
 
भनिन्छ, मुम्बई सपनाको शहर हो । सपना देख्ने, देखाउने अनि सपना किनबेच हुने रहस्यमय शहर हो, मुम्बई । रहस्यमय यसकारण पनि कि मुम्बईको स्थापनाकालदेखि अहिलेसम्म यो शक्तिशाली शहर स्थानीयको भन्दा पनि बाहिरियाहरुकै दवदवामा छ । 
मुम्बई शहरको रहस्यको समुद्र यति गहिरो छ कि त्यसले यदाकदा अत्याधिक माफिया जन्माएको मेक्सिकोलाई पनि माथ खुवाउँछ ।
कुनै पनि शहरमा बाहिरियाहरुको पकड मजबूत हुनासाथ त्यहाँ अनेक कुत्सित चालहरु आविस्कार हुन्छन् । चालहरु बुनिन्छन् । चालहरु खुस्काइन्छन् । अनि चालहरु पुनः पुनः बुनिन्छन् । कति चाल त गाँठा नै पर्छन् । अनि गाँठामाथि गाँठा थपिएपछि यथार्थ टिठलाग्दो पाराले आख्यानमा तव्दिल हुनपुग्छ ।
 
मुम्बई शहरको रहस्यको समुद्र यति गहिरो छ कि त्यसले यदाकदा अत्याधिक माफिया जन्माएको मेक्सिकोलाई पनि माथ खुवाउँछ । बलिउडका अलावा मुम्बईको घना रहस्य ‘डि कम्पनी’मा गएर टक्क अडिन्छ । कुनै घटना त्यही स्थिर बिन्दुबाट शुरु हुन्छन् । अनि कति त्यतै समाप्त पनि हुन्छन् ।
 
वलिउडका कैयौँ फिल्म डन वरिपरि घुमेर बनाईएका छन् । बलिउडमा कुनै पनि फिल्म ‘डि कम्पनी’को इजाजत बेगर बन्न सक्दैनन् ।
मलाई त लाग्छ डन दाऊद इब्राहिम बिना मुम्बई अधूरो छ । अथवा यसलाई यसरी लेखौँ, यदि डनलाई मुम्बई नामक विशाल धरातलको रजतपटबाट निकाल्ने हो भने त्यस शहरको सारा थृल नै गायव हुन्छ । डन बिना मुम्बई अधूरो ! शुनशान ! साँच्चै नै डन बिना सारा मुम्बई अँध्यारो !
 
बलिउडका कैयौँ फिल्म डन वरिपरि घुमेर बनाईएका छन् । बलिउडमा कुनै पनि फिल्म ‘डि कम्पनी’को इजाजत बेगर बन्न सक्दैनन् । अनि भारत लगायत अन्य केही मुलुकको ‘मस्ट वान्टेड लिस्ट’मा छन्, ‘मुम्बई अन्डरवर्ल्ड’का उनै ‘बेताज बादशाह’ दाऊद इब्राहिम कास्कर ।
 
उनी कहाँ छन् ? यो लगायत अरु थुप्रो प्रश्नहरु कैयौँ खुफिया एजेन्सीको ‘क्लस्टर हेडेक’ हो ।
भारतको दावा छ कि डन पाकिस्तानमा गुँड हालेर बसेका छन् । तर मेरो दावा छ कि डन नेपालमा छन्
 
भारतको दावा छ कि डन पाकिस्तानमा गुँड हालेर बसेका छन् । तर मेरो दावा छ कि डन नेपालमा छन् । किनभने, सन् १९९१ को ‘मुम्बई बम ब्लास्ट’मा आरोपित भएपछि दुबई भागे भनिएका डन खासमा नेपाल आएका थिए । पक्राउ पर्दा फाँसिको सजाय हुनसक्ने अवस्थामा रहेका डनलाई त्यतिबेला दुबई पलायन हुनु भन्दा नेपाल घुस्नु अति सहज पनि थियो ।
 
त्यसै पनि पूर्वी नेपालको धुलावारीमा ‘मुम्बई अन्डरवर्ल्ड’को तस्करी धन्दा सक्रिय थियो । हंगकंग, थाइल्याल्ड र सिंगापुर जस्ता मुलुकबाट आयातित फरेन गुड्स, ड्रग र सुन आदि भारत तस्करी गर्ने उक्त कुख्यातिमा ‘मुम्बई अन्डरवर्ल्ड’को पहुँच सिधै त्यतिबेलाको शक्तिकेन्द्र दरबारसँग थियो ।
 
रानी ऐश्वर्यसँग डनका कैयौँ कफी सेसनहरु भएका थिए । पूर्व अधिराजकुमार धीरेन्द्र र पूर्व राजा ज्ञानेन्द्रसँग पनि डनको न्यानो सम्बन्धलाई जानकारहरु नकार्न सक्दैनन् । हुँदाहुँदै पूर्व युवराज पारसको समेत डनसँग सम्बन्ध रहेका समाचारहरु प्रकाशित भएका थिए । तर यस्ता खबरहरुलाई मिडियाले खासै पुष्टि गर्न भने सकेनन् । घटनाहरु यति रहस्यमय र माथिल्लो लेभलका छन् कि ऐरेगैरेको पहुँच त्यहाँ लगभग असम्भव !
 
धुलावारीका शशी खतिवडा, पूर्व मन्त्री मिर्जा दिलशाद बेग, जमिम शाह लगायत केही रहस्यमय हत्याकाण्डमा मुम्बई अन्डरवर्ल्डको हात रहेको भनिएको पनि छ ।
सत्तरी, असी र नब्बेको दशकमा काठमाण्डौ ‘ड्रग ट्रान्जिट’को ‘हब’ कहलिनुले पनि त्यस्ता रहस्यमय सम्बन्धहरुलाई नकार्न सकिने अवस्था भने छैन । रिटायर्ड भएका जिवित प्रहरी अधिकृतहरु यी र रहस्यको गर्भमै दबिएर रहेका अनेक घटनाका साक्षीहरु हुन् ।
 
धुलावारीका शशी खतिवडा, पूर्व मन्त्री मिर्जा दिलशाद बेग, जमिम शाह लगायत केही रहस्यमय हत्याकाण्डमा मुम्बई अन्डरवर्ल्डको हात रहेको भनिएको पनि छ ।
 
मुम्बईका क्राइम जर्नलिस्ट एस हुसेन जाईदीले मुम्बई माफिया र डन दाऊद इब्राहिममाथि अत्याधिक खोज गरेर केही पुस्तक लेखेका छन् ।
 
एउटा पुस्तकमा उनले लेखेका छन्, डनले कस्मेटिक सर्जरी गरिसकेका छन् र उनी आवश्यक्ता अनुसार तेह्र वटासम्म ‘एलियास’ अर्थात फरकफरक रुपहरुमा संसार विचरण गर्ने गर्छन् ।
 
निश्चय नै डनलाई पाकिस्तान बसेर भारतसँग खेल खेल्न अलिक ‘मधूरो’ नै हुन्छ जति नेपालमा बसेर  भारतसँग उधूम मच्चाउँदा उनलाई ‘चहकिलो’ हुने गर्छ ।
 
फेरि, डन भनेको देशदुनियाँलाई चक्मा दिएर हिँड्ने ‘शख्स’। इशान देखाएर नैरोत्य हान्ने उनीहरुको आदत जो हुन्छ । नत्र डन कहाँ ?
 
पाकिस्तानसँग जरुर डनको कुनै गुप्त साँठगाँठ छ । आइएसआईलाई पक्कै डनले लगानी गरेका छन् । लश्करमा पनि उनको कुश्त लगानी छ । तर उनको न्यानो गुँड भने नेपालमै कतै छ । त्यसो त डनका न्याना गुँडहरु दुनियाँमा जताततै होलान् । तर भन्छ नि ‘हेडक्वार्टर’, ‘मुम्बई अन्डरवर्ल्डको हेडक्वार्टर’, त्यो भने नेपालमै छ ।
गोप्य कुरा त जनमानसमा कतिसम्म छुपाइएको छ भने, माओवादी जनयुद्धको कतिपय फन्डिंगको स्रोतमा ‘लश्कर ए तोइबा’ पनि जोडिन्छ ।
गोप्य कुरा त जनमानसमा कतिसम्म छुपाइएको छ भने, माओवादी जनयुद्धको कतिपय फन्डिंङको स्रोतमा ‘लश्कर ए तोइबा’ पनि जोडिन्छ । त्यसै जनयुद्धका बेला आइएसआइ र लश्करका कैयौँ गुरिल्ला नेपाल घुसेर यहाँका नतोन्नत पहाडका पठारहरुमा ‘केमोफ्लेज्ड’ छन् । अहिले त उनीहरुले अत्याधिक बच्चाहरु पनि कोरलिसके होलान् ।
 
तर माओबादीहरुलाई भारतीय खुफिया एजेन्सी ‘र’को समेत पैसा खाएको आरोप लाग्ने गरेको  छ । यस अर्थमा माओबादीहरु नै बाठा रहेछन् कि उनीहरु भारत र पाकिस्तान जस्ता कट्टर दुश्मनी भएका मुलुकहरुसँग छुट्टाछुट्टै या एकसाथ हात मिलाउन सफल पनि भएका रहेछन् । उनीहरुको ‘स्ट्राटजी विथ ट्याक्टिश’को दाद दिनै पर्छ ।
 
भारतसँग चरम दुश्मनी मोल्ने पाकिस्तानले मौका पर्दा भारत हान्ने दाऊमा नेपाली भूमिलाई दुरुपयोग गरेका समाचारहरु बजारमा राम्रोसँग ‘डाइजेस्ट’ नहुँदै बासी हुनपुगेको बर्तमान अवस्थामा भारतीय खुफिया एजेन्सी ‘र’ले पनि नेपालमा आफ्नो चलखेल बढाएको छ । उसका हाकिमको हालसालैको नेपाल भ्रमण र प्रधानमन्त्री ओलीसँगको भेटघाटले नेपाली भूमिमा भयंकर तरंग पनि ल्याएकै हो ।
 
भूमिका जसरी बाँधे पनि माथि लेखिएका कतिपय कुराहरुको अनुसन्धान काठमाण्डौ वा नयाँ दिल्लीमा संभव नभएर पनि यस लेखकलाई कैयौँ पटक मुम्बई पुग्नु परेको थियो । र, यस लेखकको अनुसन्धानमा कैयौँ ट्वीस्टहरु आइलागे ।
 
फिल्ममा हिरो हुने प्याशनले सर्वप्रथम यस लेखकलाई मुम्बई पुर्याएको थियो । र त्यस शहरमा गरिएको अथाह संघर्षले यसलाई आफ्नो कलम तिखार्न पनि मद्दत गर्यो । अनि यसले खोज्न थाल्यो, कथाहरु । जासुसी, थृलर कथाहरु ।
जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै ततपश्चात यसले त्यस अनकण्टार मुम्बई शहरमा अनेकौँ रहस्यमय मान्छेहरु भेट्दै गयो । भेट्दै गयो । कहिले सूर्या भएर, कहिले डेविड भएर, कहिले जलालुद्दिन भएर ! अनि कैयौँ पटक त अनाम भएर !!
तसर्थ शुरुमा मुम्बई प्रतिको यसको आकर्षण बलिउड भए तापनि त्यो विशाल समुद्रको किनारमा बारबार भट्किएपछि कलम आफसेआफ तानियो, मुम्बई अन्डरवर्ल्डतर्फ । जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै ततपश्चात यसले त्यस अनकण्टार मुम्बई शहरमा अनेकौँ रहस्यमय मान्छेहरु भेट्दै गयो । भेट्दै गयो । कहिले सूर्या भएर, कहिले डेविड भएर, कहिले जलालुद्दिन भएर ! अनि कैयौँ पटक त अनाम भएर !!
 
डनमाथि कलम चलाउँदै जाँदा यसलाई अथाह सन्तुष्टि मिल्ने गर्छ । भनिन्छ नि, यदि पंगा लिनु नै छ भने बाघसँग लिनू । स्यालसँग के पंगा लिनु ?
 

यसलाई सम्राट, माफिया डन अनि बाघहरुको कथा लेख्न मजा आउँछ । लेखेको पनि छ । सकुन्जेल लेख्ने नै छ । क्रमशः…
प्रतीक्षा गर्नुहोला अर्को भाग लिएर आउने छौ…


लिलाराज खतिवडा
बाघखोर, मोरङ
“लेखक खतिवडा- चर्चित पत्रकार, लेखक, रास्ट्रप्रेमी, राजनैतिक विश्लेषक, प्रस्टबक्ता एबं लाखौ नेपाली युवाका प्रेरक व्यक्तित्त्व साथै सामाजिक अभियन्ता समेत हुनुहुन्छ”


लौ सुन्नुस, म भन्छु मेरो रुपलीला !