शिव सापकोटाको मनछुने गजल


लेखक : लेखापढी      २९ कार्तिक २०७७, शनिबार ०५:०२ मा प्रकाशित     
शिव सापकोटाको मनछुने गजल

पहिलो काग, दोस्रो कुकुर, तेस्रो गाई तिहार !
आहा ! कति रमाईलो हुने गर्थ्यो भाई तिहार !!

घरमा दाजु – भाइ देउसी भैली खेल्दै होलान !
कोरोनाले परदेशीलाई खाडीमै, वाई तिहार !!

सयौ मखमलि गुथी, माला झुलाउथीन बैनी !
रमाथ्यौ सप्तरङ्गि ढोकामा, टिका लाई तिहार !!

घरबाट दिदिबैनी माईत, आउथिन तिहारमा !
कति रमाउथ्यौ खुशि हुन्थ्यौ हाई हाई तिहार !!

दशै शून्य भयो, तिहार तेस्त‍ो नहोस कामना !
यो कोरोना नष्ट गरि, हर्षखुशि जमाई तिहार !!


शिव सापकोटा
बेलबारि, मोरङ
हाल-युएई