दुबई राजकुमार शेख हम्दानबाट नेपाली क्युआरएफ टिमका सदस्यहरु सम्मानित


लेखक : लेखापढी      २८ कार्तिक २०७७, शुक्रबार ०२:२३ मा प्रकाशित     
दुबई राजकुमार शेख हम्दानबाट नेपाली क्युआरएफ टिमका सदस्यहरु सम्मानित

युएई – कोभिड-१९ को विषम परिस्थितिमा पनि दुबई सरकारको सहकार्यमा युएईमा रहेका नेपालीहरुलाई सहयोग र उद्वार कार्यमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै गत बुधबार, २६ गते दुबई सरकारले सम्मान गरेको हो।

कोरोना महामारीले बिश्वभर नै लकडाउन भएको अबस्थामा युएईमा रहेका लाखौ नेपाली समुदायलाई अहोरात्र  उद्दार खटिने एनआरएनए एनसीसी युएईको क्युआरएफ टिमका सदस्यहरुलाई दुबई सरकारले योगदानको कदर गर्दै विशेष सम्मान गरेको हो|

युएइमा सम्मानित हुनेहरुमा एनआरएनए,एनसीसी युएईका उपाध्यक्ष एवं क्युआरएफ टिमका संयोजक पासाङ शेर्पा, एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली, एनआरएनए एनसीसी युएईका अध्यक्ष प्रकाश कोइरला,कोषाध्यक्ष विकास साही, युवा संयोजक मदन अधिकारी, महिला संयोजक शोभा शर्मा, सदस्य सुजन सापकोटा, नेपाल आदिवासी जनजाति महासंघ युएईका संरक्षक टंक थापा मगर, नेपाल मगर संघ शाखा युएईकी सुनिता थापा मगर,अमन थापा मगर, शेर्पा किदुग युएईकी युडेन शेर्पा र रमेश गौतम छन्।

एनआरएनए एनसीसी युएईको नेपाली क्युआरएफ टिमले कोभिड-१९ ले समस्यामा परेका दशौं हजार नेपाली श्रमिकहरुलाई विभिन्न दाताहरुको सहयोगमा ८० टन भन्दा बढी खाद्यान्न वितरण गरेको थियो भने सयौं कोरोना पीडित नेपालीहरुलाई आवश्यक परामर्श दिई नेपाल फर्कने ब्यबस्था मिलाएको थियो।

दुबई सरकारको तर्फबाट युवराज शेख हम्दान विन रासिद अल मक्तुमले एनआरएनए एनसीसी युएईको क्युआरएफ टिमका सदस्यहरुलाई तक्मा सहित प्रशंसा पत्र दिएका थिए भने वतनी अल-इमारात फाउन्डेसनले कदर पत्र सहित सम्मानित गरेको थियो। 
– दिपक कार्की,  युएई संबाददाता