त्यो दिव्य मुस्कानको स्रोत के हो ?


त्यो दिव्य मुस्कानको स्रोत के हो ?

 

लिलाराज खतिवडा – युट्युबमा मेरा कुराहरु सुनेर पोहोर साल नै धरानका चौबिस वर्षिय बिनिप मास्के फेसबुकमा मसँग जोडिन आए । फेसबुकको अनकण्टार जंगलको भटकानले गर्दा केही समयपछि मात्रै मैले थाहा पाएँ कि बिनिप जन्मिनासाथ मस्तिष्क पक्षघात अर्थात सेरेब्रल पल्सीको चपेटामा परे र उनी हिँडडुल गर्न नसक्ने भएका रहेछन् ।


मैले मुम्बइमा एउटा साथीको भाइलाई पनि त्यस्तै मुस्कानले भरिएको पाएँ जबकि ऊ जन्मिनासाथ मस्तिष्क पक्षाघातको शिकार भएर अठार वर्षको जवान हुँदा पनि निकै स्यानो कदको देखिन्थ्यो । उसको टाउको भन्दा तलको भाग अपेक्षाकृत रुपमा स्याना थिए । हात र खुट्टा सुकेर सिन्का जस्ता भएका थिए । तर पनि उसको मुहारमा हमेशा एउटा दिब्य मुस्कान कायम थियो । मैले त्यहाँ मेरो त्यो मुस्लिम साथीको परिवारलाई भनेँ, पुरानो जमानामा यस्ता मानिसहरुको पूजा हुन्थ्यो ।

उनका हातगोडाहरु पनि त्यति सकृय छैनन् । उनलाई बोल्न पनि अलिक समस्या नै छ । तर पनि आफ्नै तरिकाले घरका सदस्यहरुसँग संवाद गर्छन् ।

उनी कसोकसो मोबाइल पनि चलाउँछन् । युट्युबमा भिडियोहरु हेर्छन् । मतलब उनी कान राम्रो सुन्छन् । कुराहरु बुझ्छन् पनि । उनी मुस्कुराउँछन् । अनि आफ्नै तरिकाले प्रतिक्रियाहरु ब्यक्त गर्दछन् । उनी तिक्ष्ण पनि छन् । उनको सेन्स पावर तेज छ । हरदम नयाँनयाँ कुराहरु सिकिरहने उनी बुद्धको साधना गर्न मन पराउँछन् । उनी बुद्धको दर्शनमा पनि अत्याधिक खोज गर्ने गर्छन् ।

मैले उनलाई अहिलेसम्म भेटेको छैन । तर उनीसँग भिडियो कल गरेको छु । उनका अभिभावकहरुसँग कुराकानी गरेर उनको बारेमा जानकारीहरु पनि लिएको छु ।
बेलाबेला बिनिप मसँग मेसेन्जरमा च्याट गर्छन् । उनी लेख्छन्, अंकल, म तपाईंको फ्यान हुँ ।

कहिले उनी भन्छन्, गाह्रो भो, अंकल । के गरौँ ?
अनि म उनलाई कुनै सुमधूर संगीतको लिंक पठाइदिन्छु । सुनेर उनी फेरि लेख्छन्- सुनेर बडा आनन्द आयो, अंकल ।
जन्मिनासाथ बिनिपलाई जण्डिसको समस्या छ भनियो । अस्पतालले भेन्टिलेटरमा राख्यो । कैयन उपचारहरु भए । तर पार लागेन ।

यहाँ मदन पुरस्कार पाउने महान लेखिका झमककुमारी घिमिरेको प्रसंग निकाल्नै पर्ने हुन्छ । फरक तरिकाले जीवन ज्यूँने अवसर पाएकी उनी हाम्रो भूमिकी एक जिवित र प्रज्ज्वल नक्षत्र हुन् । शरिर जुनुकै अवस्थामा रहे तापनि उनले आफूभित्रको दिव्यतालाई प्रष्फुटित गरेर यो सावित गरिदिइन् कि ए दुनियाँ, तँ खोल हेरेर हामीलाई तुच्छ नठान् । अलिकति भित्र घुसेर त हेर् कि हामी कति दिव्य छौँ ।

बिनिपका बुबा बिकासकुमार पनि फेसबुकमा मसँग जोडिएका छन् । उनी आफूलाई डिप्रेसन भएको बताउँछन् । उनी नियमित औषधि सेवन गर्छन् । उनले बिपश्यना ध्यान समेत सिकेका छन् । तर मेरो बुझाइमा उनी विचारहरुले गाँजिएका छन् । उनलाई मैले यथासक्य सासको हेक्का राख्न सुझाएको छु ।

आज धेरै मनिसहरु विचारले गाँजिएर जीवनलाई बोझिल ठान्छन् । विचारले गाँजिएकाहरुलाई अनेक मानसिक र शारिरिक रोगहरु लाग्ने गर्छन् । चिन्ताले कमजोर तुल्याउँछ । तर चिन्तनले आरोग्यता र जागरण निम्त्याउँन सकिन्छ ।
मास्के परिवारले बुद्धको करुणाभावलाई अक्षरशः पालना गरेका छन् । त्यसको प्रमाण जन्मिनासाथ मस्तिष्क पक्षाघात भएको बालकलाई हुर्काएर चौबिस वर्षको बनाउनु अनि उसलाई कुनै पनि कुराको कमि हुन नदिनु । यहाँ प्रेम त प्रकट छ नै । तर यहाँ प्रेम मात्रै होइन करुणा नै आविस्कार हुन पुगेको छ ।

मेरा केही छिमेकी भाइभतिज पनि बिनिप जस्तै छन् । पत्रकार बिन्दुकान्त घिमिरेका जेठा छोरा आयुष्मानलाई पनि जन्मिनासाथ चिकित्सक र अस्पतालको लापर्वाहीले मस्तिष्क पक्षाघात भयो । सदा मुस्कान कायम गर्न सक्ने आयुस्मान पनि अहिले लाठ्ठे भइसकेको छ । बिन्दुकान्तजी र भाउजूले आयुस्मानलाई अपार करुणा प्रदान गर्नुभएको छ । अनि त्यो आयुस्मानको मुहारमा प्रष्ट झल्किएको छ ।

कुनै पनि पक्षाघात भएर अरु जस्तो जीवन ज्यूँन नसकेको अवस्थामा पनि उनीहरुको मुहारको मुस्कान भने अति उर्जामय रुपमा प्रकट भएको देख्दा आश्चर्य लाग्छ । सबै कुराले सम्पन्न मानिसहरु आज अनुहार लट्काएर बसेका छन् । तर मस्तिष्क पक्षाघात भएर लगभग ओच्छ्यान परेका देवतुल्य यी प्राणीहरुको मुहार कुन किमियाले गर्दा अति चहकिलो देखिन्छ ? खोजको विषय हो ।

मैले मुम्बइमा एउटा साथीको भाइलाई पनि त्यस्तै मुस्कानले भरिएको पाएँ जबकि ऊ जन्मिनासाथ मस्तिष्क पक्षाघातको शिकार भएर अठार वर्षको जवान हुँदा पनि निकै स्यानो कदको देखिन्थ्यो । उसको टाउको भन्दा तलको भाग अपेक्षाकृत रुपमा स्याना थिए । हात र खुट्टा सुकेर सिन्का जस्ता भएका थिए । तर पनि उसको मुहारमा हमेशा एउटा दिब्य मुस्कान कायम थियो । मैले त्यहाँ मेरो त्यो मुस्लिम साथीको परिवारलाई भनेँ, पुरानो जमानामा यस्ता मानिसहरुको पूजा हुन्थ्यो ।

अनि एकजना बुज्रुगले खुशी हुँदै थपे, सही भन्यौ, भाइ । पवित्र कुरानमा पनि यस कुराको जिक्र छ कि फरक तरिकाले जन्मिएका वा जन्मिएपछि कारणवश फरक जीवन ज्यूँन बाध्य भएकाहरु विशेष हुन्छन् । उनीहरुको खयाल विशेषरुपमा नै राखिनु पर्छ ।

यहाँ मदन पुरस्कार पाउने महान लेखिका झमककुमारी घिमिरेको प्रसंग निकाल्नै पर्ने हुन्छ । फरक तरिकाले जीवन ज्यूँने अवसर पाएकी उनी हाम्रो भूमिकी एक जिवित र प्रज्ज्वल नक्षत्र हुन् । शरिर जुनुकै अवस्थामा रहे तापनि उनले आफूभित्रको दिव्यतालाई प्रष्फुटित गरेर यो सावित गरिदिइन् कि ए दुनियाँ, तँ खोल हेरेर हामीलाई तुच्छ नठान् । अलिकति भित्र घुसेर त हेर् कि हामी कति दिव्य छौँ ।

अब कुनै शंका रहेन कि झमक एक इन्लाइटन् लेखिका हुन् । तत्व मिमांसा गर्दा एककिसिमले उनी नेपालकी हेलेन केलर नै हुन् । झमक दिव्य छिन् ।

फरक तरिकाले सक्षम भएर पनि मुहारमा कायम मुस्कान त्यो दिव्यताको प्रतिबिम्ब हो । अष्टाबक्र जति कुरुप देखिन्थे, भित्र भने उनी लाखौँ भोल्टको जाज्वल्यमान ज्वालाले हरदम नुहाइरहेका थिए ।

यूरोपियन चित्रकार भिन्सेन्ट भेन्गगले बनाएका फूलहरुका पेन्टिंग हेर्दा लाग्छ कि कुन पटमूर्खले उनको चेहरालाई कुरुप भन्ने हिम्मत गर्यो ? भेन्गगलाई कुरुप देख्नेले उनले बनाएका सुन्दर र अद्भूत चित्रकलालाई चाहिँ कस्तो देख्ला ? के भेन्गगलाई कुरुप देख्ने मान्छेको दिमाग त ठिक थियो ?
त्यसैले मानिसको सबलता उसको शरिर वा हाउभाउ भन्दा पनि उसको आत्माको चहकता र उसको हृदयको विशालतामा निर्भर हुँदोरहेछ । अरु लेख्न नसक्नेहरुको आवाज समेत लेखिका झमकले ब्यक्त गरिदिएको हुँदा यदि हामीले चियाएर हेर्न सके उनीहरुको चम्किलो आभा र चहकिलो मुस्कानको रहस्यको भेद पनि फेला पार्न सक्ने छौँ ।

त्यसैले बिनिप, आयुस्मान, अहमदलगायत अरु सबै फरक तरिकाले जिएर पनि वातावरणमा आफ्नो मुस्कानको शक्तिले दिव्यता फैल्याउनेहरुलाई करुणा प्रदान गरौँ । राज्यले पनि उनीहरुको पहिचान गरी उचित सहयोग गर्नु जरुरी छ ।

बिनिप भाइलाई हार्दिक शुभकामना र उत्तरोत्तर प्रगतिको कामना पनि छ! जय होस् !
भिडियो हेर्नुहोला: