नेकपा सचिवालय बैठक भोलि ४ बजे बस्ने


लेखक : लेखापढी      २७ कार्तिक २०७७, बिहीबार ११:१९ मा प्रकाशित     
नेकपा सचिवालय बैठक भोलि ४ बजे बस्ने

कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । भोलि दिउँसो ४ बजेका लागि सचिवालय बैठक राखिएको आफूलाई जानकारी आएको नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताउनुभयो । 

केही सयमदेखि दुई अध्यक्षबीच केही मतभेद भएपछि पार्टी सचिवालयका पाँच जना नेताले छुट्ट्रै छलफल गरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचिवालय बैठक राख्न लिखित आग्रह गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले महासचिव विष्णु पाैडेललाई बैठक राख्ने समय तय गर्न जिम्मेवारी दिनु भएकाे थियाे । (गाेरखापत्र अनलाइनबाट साभार)