मण्डेल वंश र संस्कृति


[ss_social_share]
लेखक : लेखापढी      २७ कार्तिक २०७७, बिहीबार १५:१८ मा प्रकाशित     
मण्डेल वंश र संस्कृति
 
मण्डेल वंशको बारेमा आजसम्म कती खोज-अनुसन्धान, विवाद, तर्कहरु र  भनाभन भए होलान् ?  र यी सबको परिणाम स्वरूप कति कृति, किम्बदंती र भनाईहरु समाजले प्राप्त गरे होला ? अनि प्राप्त ति सबै कृति, किम्बदंती र भनाईहरु सँग हामी कती परिचित छौँ होला ? हामी यी सब कुराको ज्ञाता हैनौं । तर  हामी धेरै  मण्डेलहरुलाई यि सम्पूर्ण कुराको बारेमा केहि न केहि अध्ययन गर्ने वा सुन्ने अवसर भने पक्कै मिलेको छ । र म पनि आफुले सुनेको, भोगेको  र केहि मात्रामा अध्ययन गरेको आधारमा केहि कुरा लेख्ने कोसिस गरेको छु । 
गोत्रबारे जान्नुपर्ने कुरा 
थर कुनै पनि व्यक्तिको मुख्य पहिचान हो । नाम धेरैसँग मेल खान्छ, थर पनि खान्छ । तर, थरसँग गोत्र पनि जोडिएको हुन्छ, यो चाहिँ सीमित हुन्छ । थर वास्तवमा निश्चित व्यक्तिको पारिवारिक परिचय हो । वंश र थर पुरुषबाट सन्तानमा जाने पितृसत्तात्मक परिपाटीका कारण थर यथार्थमा पुरुष वंशगत लहरोको रूपमा एक पुस्ताबाट अर्को पुस्तामा जाने गरेको छ । गोत्र कुल छुट्याउने भरपर्दो आधार हो । एकै जनाबाट जन्मिएको ठानिने हुनाले एउटै गोत्र भएका थरमा बिवाहवारी चल्दैन । त्यसैले थर र गोत्रलाई महत्वपूर्ण मानिन्छ ।
 
प्रसिद्ध समाजशास्त्री लुइस मोर्गनले आफ्नो ‘आदिम समाज’ नामक पुस्तकमा कविला युगमा सामूहिक परिवारमा बस्ने निश्चित एउटै हजुरआमाका सन्तानलाई एउटा गोत्रभित्रका मानिसहरू भनेका छन् ।
प्रसिद्ध समाजशास्त्री लुइस मोर्गनले आफ्नो ‘आदिम समाज’ नामक पुस्तकमा कविला युगमा सामूहिक परिवारमा बस्ने निश्चित एउटै हजुरआमाका सन्तानलाई एउटा गोत्रभित्रका मानिसहरू भनेका छन् । उनका अनुसार गोत्र भन्नाले एउटै हजुरआमाका सन्ततिहरूको मानव झुण्ड हो । त्यतिबेला बाबुको पहिचान आवश्यक नभइसकेकाले हजुरआमाका सन्तानलाई मानिएको हो ।
 
थर अनुसार गोत्र र गोत्र अनुसार प्रवरको निर्धारण गरिएको हुन्छ । जुन वैज्ञानिक र व्यवस्थित रहेको पनि पाइन्छ । थर, गोत्र र प्रवरले हाम्रो इतिहासलाई बोकेका हुन्छन् । हामी कुन ऋषिका सन्तति हौ भन्ने कुरा गोत्रले वहन गरेको हुन्छ । तिनै गोत्रसँग सम्बन्धित प्रवरले नजिकको सम्बन्ध गाँसेको हुन्छ ।
 
मानव विकासको इतिहासमा पौरस्त्य वाङ्मयका पहिला व्यक्ति मनु हुन् । मनु र शतरूपाबाट नै यो संसारमा मानवको विकास भएको हो । यसपश्चात् ऋषिहरूको पनि उत्पत्ति भएको कथा प्रसङ्ग पाइन्छ ।
मानव विकासको इतिहासमा पौरस्त्य वाङ्मयका पहिला व्यक्ति मनु हुन् । मनु र शतरूपाबाट नै यो संसारमा मानवको विकास भएको हो । यसपश्चात् ऋषिहरूको पनि उत्पत्ति भएको कथा प्रसङ्ग पाइन्छ ।
 
गोत्रको अर्थ कुल वा वंश भन्ने हुन्छ । गोत्रले वंश विस्तार गर्ने महर्षिहरूलाई पनि बताउँछ । विशेषतः विश्वामित्र, जमदग्नि, भरद्वाज, गौतम, अत्रि, वशिष्ठ र कश्यप सप्तर्षी र अगस्तिसमेतका सन्ततिलाई पनि गोत्र भनेर सम्बोधन गरिन्छ । गोत्रका ४९ भेद बताइएको छ ।
नेपाली तथा भारतीय सिंधु घाटी सभ्यता ( ई.पू.) विश्वको प्राचीन (सिंधुघाटी नदी) सभ्यताहरू मध्येको एक प्रमुख सभ्यता थियो । यो हडप्पा सभ्यता र सिंधु(सरस्वती सभ्यताका नामले पनि जानिन्छ, हिन्दूका विभिन्न थरहरू हुन्छन् । ती थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका छन् ।
 
नेपाली तथा भारतीय सिंधु घाटी सभ्यता ( ई.पू.) विश्वको प्राचीन सिंधु (घाटी नदी सभ्यताहरू मध्येको एक प्रमुख सभ्यता थियो ।
धर्मसिन्ध र निर्णयसिन्धमा ४९ प्रकारका गोत्र रहेको कुरा उल्लेख गरिएको छ ।
गोत्रका वंश फैलाउने ऋषि विशेषलाई प्रवर भनिन्छ । प्रवरको अर्थ मुख्य वा प्रधान भन्ने पनि हुन्छ । गोत्रलाई विस्तार गर्ने ऋषि विशेष नै प्रवर हन् । प्राय तीन प्रवर प्रचलित छन् । यसैगरी पाँच प्रवर पनि केही थर गोत्रीले प्रयोग गरेका छन् ।
 
थरको नामाकरण कार्यविशेष, स्थानविशेष, वस्तुविशेषका आधारमा निर्धारण भएको पाइन्छ । मण्डीमा बस्ने मण्डेल, सुर्मामा बस्ने सुर्मेली, दौलामा बस्ने दौल्याल, भण्डारको काम गर्ने भण्डारी, कोईरालीमा बस्नाले कोईराला, अधिकारको प्रयोग गर्ने अधिकारी, निरोली खोलाको आसपास बस्ने निरौला आदि । यस विषयमा आ–आफ्ना रीतिस्थिति कुल परम्पराले पनि भिन्नता ल्याएको हुन सक्छ । कतिपय भाषाका स्थानीय भेद एवं अन्य भाषासँगको प्रभावले पनि थर भिन्न बन्न पुगेका बताइन्छ ।
 
१. मण्डेल थर र कश्यप गोत्र  बारे :-
      प्राचीन महर्षी कश्यप (कसैले कश्य पनि भन्छन्)का सन्तति भएकोले हामी छरिएर रहेका मण्डेल, रावल, मन्याल, धामीहरुको गोत्र  कश्यप भएको मानिन्छ । तर  कश्यप गोत्री हामीहरुको थर मण्डेल, मन्याल, रावल, धामी,  कसरि रह्यो भन्ने कुरा भने रोचक रहेको  छ । रावल एक  बझङि राजाको नजिकैको भाई थियोे । परापुर्ब कालमा बझाङ ब्यासीकोट, जयपृथ्बीनगर मेल्लेख, हातीसार र भोपुर दरवार चैनपुर, राजकाज  गर्ने क्रममा हाल  दुर्गा थली गा.पा. जुजीको मानाकोटी रावल, र हालको मण्डेल दुई  भाई थियोे ।
प्राचिन महर्षी कश्यप ( कसैले कश्य पनि भन्छन् ) का सन्तति भएकोले हामी छरिएर रहेका मण्डेल, रावल, मन्याल, धामीहरुको गोत्र  कश्यप भएको मानिन्छ ।
       तर अहिले दार्चुला जिल्लाको खन्टेश्वरीमा बस्ने मण्डेलहरु मन्याल लेख्ने गरेको छन । बझाङ जिल्ला जयपृथ्बी नगर पालिका ११ सुईल, मयना बस्ने मण्डेलहरु हाल धामी लेख्ने गरेका छन । कतिपय मानिसमा मण्डेल, मन्याल, धामी, रावल  फरक थर हो भन्ने भ्रम पनि छ । थर लेखाइमा एकरुपता नल्याएमा पछिल्लो पुस्तामा झनै अन्यौलता छाउने निश्चित छ ।
 
२. मण्डेल  र थर बारे :-
      सामान्यतया मण्डेल भन्ने बित्तिकै तपाईंहरुलाई नौलो लाग्ला तर शुद्ध क्षेत्री हो । तर बझाङ छबिस पाथिभेरा गा.पा-७ घट्टे मजखोरी गाउमा मा बस्ने मण्डेलहरु र यसै छबिस पाथिभेरा गा. पा. वडा नम्बर २ मण्डी दयमा  बस्ने मण्डेलहरु पनि आफ्नो थर  मण्डेल, र केहिले रावल लेख्ने गरेका छन । दार्चुला जिल्ला खन्टेश्वरी गा.पा. मा बस्ने हरुले आफ्नो थर मन्याल लेख्ने गरेको पाईन्छ । यता बझाङ जिल्ला जयपृथ्बी  नगरपालिका १२ सुईल, मयना, वल्ख बस्नेहरुले आफ्नो थर धामी  लेख्ने गर्दछन । अझ नेपालको तराईका विभिन्न ठाउँहरुमा बस्ने  दलित समुदायले आफ्नो  थर  मण्डल लेख्छन् त्यो फरक हो।
      
 
३. थर गोत्र र बिहे बारे :-
     एउटै थर र एउटै गोत्रमा बिहे गर्नु हुन्न र मिल्दैन भन्ने चलन छ । र कतिपय सवाल वैज्ञानिक दृष्टिकोणले पनि सहि छन् । तर पुरुषप्रधान हाम्रो समाजमा आफ्नो बाउको जे गोत्र र थर हो त्यो नै उसका सन्तानको हुने गरेको छ । अनि अर्को गोत्र र थरकी महिला जब बिहे गरेर आफ्नो श्रीमानकोमा आउँछिन उनले आफ्नो श्रीमानको थर र गोत्र धारण गर्नुपर्ने नियम छ । यो आफैमा कत्तिको न्यायिक छ ? यसमा बहस आवश्यक छ । र कतिपय महिलाले आफ्नै माइतीको थर नै लेखेर सांकेतिक असहमति जनाएका छन् । 
एउटै गोत्रसँग को बिबाहलाई पूर्ण बन्देज लगाउनु भन्दा कति पुस्ताको अन्तर भएमा बिहे गर्न मिल्ने भनेर एउटा मापदण्ड बनाउनु उपयुक्त होला ।
बिहेको सवालमा अहिले पहिलेको जस्तो मागी बिबाह को क्रम घट्दो छ । र प्रेम बिबाह दिनानुदिन बढ्दै छ । र सबैलाई थाहा छ प्रेम अन्धो छ । प्रेम गर्नेहरु गोत्र हेरेर प्रेम गर्दैनन् । तर जब बिहेको बेला आउँछ तब तनाब शुरु हुन्छ । र कतिले बिहे गरेरै छाड्छन् । कति भने डिप्रेसन र आत्महत्याको बाटो रोज्छन् । तसर्थ एउटै गोत्रसँग को बिबाहलाई पूर्ण बन्देज लगाउनु भन्दा कति पुस्ताको अन्तर भएमा बिहे गर्न मिल्ने भनेर एउटा मापदण्ड बनाउनु उपयुक्त होला । र हामी कश्यप गोत्रहरुले पनि यसमा सोच्न आवश्यक भएको छ । यो कुरा आफैमा नराम्रो हो जस्तो मलाई लाग्दैन ।
 
४. कुलदेवता बारे :
सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङ र दार्चुला जिल्लामा मण्डेलहरु, रावल, मन्याल, धामीहरुको कुलदेवता सुर्मादेवी, धौलदेउ, लाङ्गा देवता मान्ने गर्दछन ।  ठाउँ पिच्छे फरक भएता पनि सबै देवता मध्ये बढी सुर्मा देबी सम्पुर्ण मण्डेलको कुल देवता हो । हरेक वर्ष साउन महिनाको पहिलो औँसीदेखि पूर्णिमासम्म सुर्मादेवी (बिरिजात) धार्मिक मेला लाग्ने गर्दछ। सुर्मादेवी (बिरिजात) धार्मिक मेलाको समयमा विषेशतः सुर्मादेवी भगवती माताको लामो समयसम्म पूजाआराधना गरी मेला मनाउने परम्परा मण्डेल, रावल, मन्याल, धामीहरुमा रहि आएको  छ ।
सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङ र दार्चुला जिल्लामा मण्डेलहरु, रावल, मन्याल, धामीहरुको कुलदेवता सुर्मादेवी, धौलदेउ, लाङ्गा देवता मान्ने गर्दछन । 
  सुर्मादेवी भगवती माताको उत्पति दुर्गाथली गाउँपालिकास्थित थलीजिउलामा रहेको दुर्गाभगवती मन्दिरबाट भएको जनविश्वास रहको छ।  विश्वास नगर्नेहरुले  नि यसलाई संस्कृतिको रुपमा संरक्षण गर्न सहयोग गर्नैपर्छ । किनकि यो हाम्रो चिनारी हो, पहिचान हो । 
 
अन्त्यमा :-
     मण्डेल वंशावलीको बारेमा र मण्डेलहरुको इतिहास, संस्कारको बारेमा एकदमै थोरै जानकारी भएको मैले लेखेका कतिपय धारणा र तथ्यहरु गलत र कसैको आस्थामा चोट पुग्ने खालको भएमा माफी चाहन्छु ।
                                     धन्यवाद ।।
 

मिन बहादुर मण्डेल
बझाङ
Email : mandelm414@gmail.com

(लेखक पेशाले शिक्षक हुनुहुन्छ । यसका साथै नेपाली कला र संस्कृतिकाे अनुसन्धानकर्ता समेत हुन्  र यस लेखापढीका नियमित स्तम्भकार समेत हुन।)


Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •