‘रुकैया नभए हामी पनि हुने थिएनौं’


‘रुकैया नभए हामी पनि हुने थिएनौं’

बीबीसी – रुकैया सखावत हुसैन एक नारीवादी विचारक, कथाकार, उपन्यासकार, कवि, बंगाल (बंगलादेश) मा मुस्लिम बालिकाहरूको शिक्षाका लागि अभियान चलाउने र मुस्लिम महिलाहरूको संगठन बनाउने अभियन्तामा गनिन्छिन् । 

उनले मुस्लिम बालिकाहरुका लागि विद्यालय स्थापना गरिन्, जसले सयौं बालिकाको जीवन परिवर्तन गर्‍यो । यद्यपि उनको चिन्ता मुस्लिम महिलाहरूमा मात्रै सीमित थिएन । उनी समग्र महिलाको सम्मान र अधिकारका लागि काम गरिरहेकी थिइन् । उनी सबै एकसाथ हुने समाजको निर्माण गर्न चाहन्थिन् । जहाँ महिलाहरू आफ्ना लागि आफैं बोल्न सकून् र उनीहरूकै हातमा कारोबार सुम्पियोस् ।

रुकैयाको जन्म सन् १८८० मा अविभाजित भारतको रंगपुर जिल्लाको पैराबन्द क्षेत्रमा भएको थियो । आज यो क्षेत्र बंगलादेशमा पर्दछ । उनी जमिनदार परिवारमा जन्मिएकी थिइन् । उनका भाइहरूलाई आधुनिक विद्यालयमा पढ्ने अवसर मिल्यो तर बहिनीहरू भने वञ्‍चित रहे ।

तर रुकैयामा अध्ययनको भोक थियो । त्यसैले उनका जेठा दाइले अरूबाट लुकाईछिपाई आफ्नी सानी बहिनी (रुकैया) लाई पढाउन थाले । राति घरका सदस्यहरू सबैजना सुतेपछि रुकैयाका दाइले उनलाई पढाउँथे । 

रुकैया एकदम मेधावी थिइन् । संसारलाई हेर्ने उनको दृष्टिकोण फरक थियो । उनका दाइलाई यस विषयमा जानकारी थियो । त्यसैले रुकैयाको बिहेको उमेर नजिकिँदै गएसँगै उनमा चिन्ता हुन थाल्यो । रुकैयाको विवाहको उमेरबारे मतभेद देखिन्छ । धेरैले उनको विवाह उनी १६ वर्षको हुँदा अर्थात् सन् १८९६ मा भएको भन्छन् । केही विद्वान्‌हरुले उनको विवाह १८ वर्षको उमेरमा भएको मान्दछन् ।

जब लेखले हंगामा मच्चायो 
सखावत हुसैन शिक्षित, विकास र परिवर्तन मन पराउने अफिसर थिइन् । उनीसँगको संगतले रुकैयालाई धेरै कुरमा सोच्ने र काम गर्ने मौका मिल्यो । यद्यपि दुवैको साथ लामो समयसम्म रहन सकेन । सन् १९०९ मा सखावत हुसैनको निधन भयो । 
संसारको नजरमा रुकैया एक लेखिकाका रूपमा उदाइन् । सखावतको निधन हुनुअघि रुकैयाको बंगला साहित्यमा केही चिनारी बनिसकेको थियो । आफ्नो रचनामार्फत उनले महिलाहरूको त्यो दयनीय अवस्थालाई सम्झिने र त्यो विषयमा सम्झाउने कर्मको महत्त्वपूर्ण कोसिस सुरु गरिसकेकी थिइन् ।

उनको एउटा लेख ‘स्त्री जातिर अबोनति’ प्रकाशनमा आयो । यस लेखले सर्वत्र हंगामा मच्चायो । हुन त यसमा महिलाहरूका अवस्थाकाबारे महिलाहरूले नै आपसमा कुराकानी गरेका छन्, तर वास्तविकतामा यो पुरुषको समाजको ऐना थियो । उक्त समाजमा महिलाहरूको खस्कँदो अवस्थाको बयान गरिएको थियो । यस्तो प्रश्न र कुरा रुकैयाभन्दा अघि भारतमा कुनै महिलाले यसरी मनैदेखि गरेका थिएनन् । उक्त लेख लेख्दा उनको उमेर करिब २२/२३ वर्ष थियो । 
 

रुकैयाको ‘सुलतानाज ड्रिम्स’
‘सुल्तानाज ड्रिम्स’ अर्थात् (सुल्तानाको सपना) अंग्रेजीमा लेखिएको उनको लामो रचना हो । यसलाई लघुउपन्यास पनि भन्न सकिन्छ । यो एउटा त्यस्तो देशको कथा हो, जहाँ देश र समाजका सबै व्यवस्था महिलाले गर्छन् । यसमा महिलाहरू (साइन्ससाँदा) हुन् । पुरुषहरू घरभित्र बस्दछन् । यसलाई नारीवादी कल्पनालोक, विज्ञान कथा भनिएको थियो । यो कथा १ सय १५ वर्षअघि मद्रासबाट प्रकाशित हुने इन्डियन लेडिज म्यागजिनमा सन् १९०५ मा प्रकाशित भएको थियो । त्यस समयमा यो अंग्रेजी पत्रिका निकै प्रतिष्ठित मानिन्थ्यो ।

गैर बांग्ला भाषी संसारमा रुकैया प्रायः यही कथा (लघुउपन्यास) का कारण चिनिन्थिन् । किनभने उनका अधिकांश रचना बांग्ला संसारमा छन् । सोच्नुहोस्, यदि रुकैयाको यो रचना पनि बांग्ला भाषामा नै हुन्थ्यो भने के हुन्थ्यो ? के संसारले उनलाई चिन्ने मौका पाउँथ्यो ? अहिले पनि हिन्दीको ठूलो क्षेत्र उनको कामबाट अपरिचित नै छ । यदि रुकैयाले अंग्रेजीमा मात्रै लेखेको भए उनी नारीवादी विचार भएको संसारकी अग्रणी हुने थिइन् ।

अवरोध बासिनी, मोतिचुर, पद्मोराग, स्त्रीजातिर अबोनति, सुल्तानाज ड्रिम्स, दो भागों में मोतिचुर उनका प्रमुख रचनाहरू हुन् । 

रुकैया प्रथम महिला हुन्, जसले महिलाहरूको अवस्था र अधिकारबारे लेख्नुका साथै धरातलको वास्तविकता परिवर्तन गर्ने काम पनि गरिन् । सखावत हुसैनको निधनपछि उनको (सखावत) को इच्छा अनुरुप, उनको (सखावतको) सम्झनामा महिलाका लागि सन् १९१० मा सबैभन्दा पहिले भागलपुर र त्यसपछि सन् १९११ मा कोलकातामा विद्यालय खोलिन् । रुकैयाको यहि कोसिसका कारण बंगालमा मुस्लिम महिलाहरूमा विभिन्न तालिमका लागि सचेतना आयो । 

“हामी सबैका पुर्खाहरू”
धेरै समस्या हुँदाहुँदै पनि रुकैयाले यो विद्यालय चलाउन छाडिनन् । बंगालका मुस्लिम केटीहरूका लागि यो विद्यालय वरदान नै साबित भयो । रुकैयाद्वारा स्थापित ‘सखावत मेमोरियल गभर्मेन्ट गर्ल्स हाईस्कुल’ आज पनि कोलकत्तामा सञ्चालित छ । 
यो विद्यालय सञ्चालनको निरन्तरताका लागि रुकैयाले कैयन् विरोध र अवरोधहरूको सामना गर्नु पर्‍यो । यसर्थ रुकैया भारतीय नारीवादी सोचको बलियो स्तम्भ हुन् । केटीहरूको विशेषगरी मुस्लिम केटीहरूलाई तालिम प्राप्त गराउन उनले ठूलो भूमिका खेलेकी छिन् । मुस्लिम महिलाहरूलाई संगठित गर्न योगदान पुर्‍याइन् । उनीबाट प्रेरित भएर कैयौं केटीहरूले पनि लेख्न थाले । उनीहरू पनि समाज सुधार र नारी अधिकार आन्दोलनमा सरिक भए ।

०००

सन् १९३२ डिसेम्बर ९ करिब ५२ वर्षको उमेरमा उनको कोलकातामा निधन भयो । निधन हुनु केही घण्टाअघि मात्रै उनले नयाँ लेखको सुरुवात गरेकी थिइन् । जसलाई उनले नाम दिएकी थिइन ‘नारारो अधिकार’ अर्थात् महिला अधिकार । 

महिलाहरूको जीवन परिवर्तन गरेकामा उनलाई बंगालमा राजा राममोहन राय र ईश्वरचन्द विद्याासागरको दर्जा दिइन्थ्यो । भारत-बांग्लादेश अर्थात् बंगालका महिलाहरू त यसो भन्छन्, “यदि उनी नभएको भए हामी पनि हुने थिएनौं । रुकैया हामी सबैका पुर्खा हुन् ।” 
(साभार- अनुबाद- नासिरुद्दीन/बीबीसी हिन्दी)