मिर्मिरे बिहानीले गोधूली साँझ… (कबिता)


मिर्मिरे बिहानीले गोधूली साँझ… (कबिता)

मिर्मिरे बिहानीले गोधूली साँझ पछ्याउदैछ  
आँखाका डिलहरूले आँसुको भेल बगाउदैछ !
वर्तमानको भोगाईमा मनहरू च्याँठिदैछ  
भविष्यको पर्खाईमा भावनाहरू रित्तिदैछ !! 

जताततै स्वार्थीपनको गन्धै-गन्ध भेटिदैछ 
रोग र भोकले जनताको अस्तित्व मेटिदैछ !!
चुहिने त्यो घरको छाना छाउने कोही देखिदैन 
बाँझो खेतबारीमा खेती लाउने कोही भेटिदैन !!

मुट्ठीभरको चंगुलमा रास्ट्र  यहाँ बेरिदैछ,
समृद्धिका सपनाहरू तुषारो झैं हराउदैछ !
युग बित्यो पर्खाईमा जूनी फेर्न सकिएन 
दासतासंग  युग  अझै  साटन  सकिएन !!


रघुबीर चन्द 
बेदकोट नगरपालिका 
कंचनपुर, सुदुरपस्चिम


हजुरहरुका लेख-रचना हामीलाई ईमेल मार्फत पठाउन सक्नुहुनेछ:
                    email- lekhapadhee@gmail.com 
                      visit us: www.lekhapadhee.com