गोठेमल ब्यवस्थापन , भकारो सुधार पशु मुत्रको संकलन तथा प्रयोग


लेखक : लेखापढी      २५ कार्तिक २०७७, मंगलवार १२:५९ मा प्रकाशित     
गोठेमल ब्यवस्थापन , भकारो सुधार पशु मुत्रको संकलन तथा प्रयोग

बोट बिरुवाबाट आशातीत उत्पादन पाउन उत्पादनका कारक तत्वहरु माटो, मल, जल, बीऊ, उन्नत प्रबिधि र बाली संरक्षणमा बिशेष ध्यान दिनु पर्ने हुन्छ । त्यसमा पनि माटोको बिशेष भूमिका हुन्छ ।

माटो पृथ्वीको सतहको त्यो पदार्थ हो जुन चट्टानहरू खिइएर वा टुक्रिएर तथा जीवजन्तु र वनस्पतिका अवशेषहरुबाट बनेको हुन्छ ।
माटो भनेको पृथ्वीको माथिल्लो सतह जुन प्रांगारिक (जिवजन्तु र वनस्पतिका अवशेषहरु) अप्रांगारिक (चट्टानहरू खिइएर वा टुक्रिएर) पदार्थहरुको समिश्रणबाट बनेको हुन्छ । बोेट बिरुवालाई खाद्यतत्व र पानी उपलब्ध गराउछ, उभिने  आधार दिन्छ ।

माटोको उर्वराशक्ति घटनुका कारणहरु यस प्रकार छन्।

  • बन बिनास,बाढी, पहिरो,भूक्षय ।
  • प्राङ्गारिक मलको प्रयोगमा कमी,
  • प्राङ्गारिक पदार्थ उपलब्ध नहुनु ।
  • रसायनिक मलको असन्तुलित प्रयोग ।
  • माटो अम्लिय र क्षारिय बन्दै जानु ।
  • पानी निकासको राम्रो प्रबन्ध नहुनु ।
  • एकै प्रकारको बालीहरु लगाउनु ।
  • भिरालो जमिनमा खेति गरिनु ।

माटोको उर्वराशक्ति घटनुका कारणहरु

∗ सघन खेती प्रणाली ।
∗ अनावश्यक खनजोत ।
∗ बालीको माग अनुसार खाद्यतत्वहरुको आपुर्ति नहुनु ।
∗ बाली चक्रमा कोशे बाली समावेश नहुनु ।
∗ खेतवारी बाट प्राप्त हुने बाली एवम् झारपातका अवशेषहरुको उचित सदुपयोग नहुनु ।
∗ श्रमशक्तिको कमी आदी ।

गोठेमल ब्यवस्थापन गर्न अपनाउनुपर्ने उपायहरु

∗बायोमास बढाउन खेतवारी छेउछाऊ र खाली ठाउमा  बृक्षारोपण कार्यक्रम संचालन गर्ने ।
∗बायोमास बढाउनछापो दिने खालका बालीहरु लगाउने,घास बाली लगाउने ।
∗  गोवरग्यास राख्नाले इनधनमा प्रयोग हुने दाउराको बचत हुने, सोत्तरको मात्रा बढने र गुणस्तरीय मल (बायोग्यास         स्लरी) उपलब्ध हुने ।
∗ हेज रो को लागि उपयुक्त हुने कोशे घांसहरु लगाउने  जस्तै इपिल इपिल
∗ प्रांगारिक मलका श्रोतहरु बढाउने र गुणस्तरीय मल बनाई बढी मात्रामा प्रयोग गर्ने ।
गहुत संकलन र सदुपयोग गरी बनाइएको गुणस्तरिय प्रांगारिक मल प्रयोग गरि उत्पादन बढाउने ।
∗ एकीकृत खाद्यतत्व ब्यवस्थापन प्रणाली अपनाउने ।
∗ प्रांगारिक मल सिफारिस मात्रा अनुसार प्रयोग गर्ने ।
∗ बाली अवशेषलाई मलको रुपमा प्रयोग गर्दा माटो मलिलो    हुन गई बालीको उत्पादन बढनुका साथै माटोमा प्रांगारिक   पदार्थ थपिन्छ ।
∗ बिरुवाको अवशेषहरु जलाउनु हुदैन, गोठेमल, कम्पोष्ट मल बनाउने, माटोमा पुरिदिनु पर्दछ ।
∗ सघन खेती गर्नाले माटो बाट लगाईएको बालीले खाद्यतत्वहरु लिइरहन्छ र सोही अनुसार माटोमा खाद्यतत्वहरु थपिदै जानाले माटोको उर्वराशक्ति कायम भई रहन्छ ।

माटोको उर्वराशक्ति कायम राख्न गोठेमल (प्रांगारिक मलको)  ठूलो  भुमिका छ ।

∗ माटो खुकुलो बनाउछ ।
∗ माटोमा हावाको आवागमन बढाउछ ।
∗पानी धारण गर्ने शक्ति बढाउछ ।
∗ माटोमा शुक्ष्म जिवाणुको कृयाकलाप बढाउछ । प्रयोग   गरिएको मललाई खनिजिकरण गरेर
∗खाद्यतत्वहरु बालीबिरुवालाई उपलब्ध हुने अवस्थामा ल्याउछ ।
∗थोरै मात्रामा सबै प्रकारका खाद्यतत्वहरु बिस्तारैआपुर्ति गर्दछ ।
∗ माटोमा रहेको फस्फोरस बालीलाई बढीउपलब्ध हुनमा मदत गर्दछ ।
∗ माटोको उर्वराशक्ति बढाउछ ।
∗ माटोको पानी शोषण शक्ति बढाउछ जस्ले गर्दा सतहगत
बगाई कम गर्छ र भूक्षय घटाउछ
∗ राम्ररी पाकेको(कुहिएको) कम्पोष्ट मलले माटोको
अम्लियपन र क्षारियपन लाई तटस्थ तिर ल्याउछ ।
∗ माटोको तापक्रम नियन्त्रण गर्दछ ।

माटोको उर्वराशक्तिको मेरुदण्डनै प्राङगारिक पदार्थ भएको हुनाले माटोमा सम्भव भएसम्म प्राङगारिक पदार्थ प्रयोग गर्दै जाने र माटोमा थपिएको प्राङगारिक पदार्थ नोक्सान हुन बाट जोगाई राख्न अतिआवश्यक छ ।

गोठेमल
नेपालमा बढी मात्रामा प्रयोग हुने मल हो । यसको गुणस्तर बढाउन गहुत,गोवर र यसमा मिसाईने सोतरको राम्रो संग संकलन गरि राम्ररी कुहाएर खेतवारीमा हाल्ना साथ माटोमा मिसाउनु पर्दछ ।
यसमा ना.०.५— १५, फ. ०.२५— ०.५५, पो. ०.५— १५,का
साथै अरु खाद्यतत्वहरु पनि पाइन्छन् ।

 

 

 

 

 

 

 

भकारो सुधार कार्यक्रमको उद्धेश्यः

    • गुणस्तरिय मलको उत्पादन तथा प्रयोग मार्फत प्रांगरिक
      उत्पादनलाई जोड दिने ।
    •  रासायनिकमलको प्रयोग कम गरी कृषि उत्पादन लागत
      घटाउने ।
    • दिगो कृषि विकास गरी खाद्य सुरक्षामा योगदान पुरयाउने ।
    • आ.व. २०७०।०७१ को लागि कार्यक्रम संचालन गर्न छनौट भएका जिल्लाहरु र लक्षित संख्या । वैतडी, २५०,डडेलधुरा २५०,डोटी २५० र अछाम २५० आदी ।

न्यूनतम मापदण्ड पुरा हुनु पर्ने ः भकारो सुधार गर्दा कम्तिमा ३ बटा पशुको लागि भुईवाट गहूत नचुहिने गरी पक्कि गरिनु पर्ने गहूत संकलन टयांकीको व्यवस्था हुनु पर्ने र भकारो अर्थात मलखाद फांक्ने खाडललाई घाम पानी वाट जोगाउनका लागि छानोको व्यवस्था गरिनु पर्ने कुरालाई आधार मानिने छ ।
अनुदान रकमको व्यवस्था ः कृषक छनौट गर्न गा.वि.स.स्तरिय कृषि वन तथा वातावरण समिती गठन गरिने छ । सोको सिफारिसमा छनौट भएका घरभुरीलाई जि.कृ.वि.काले मुल्यांकन गरी प्रति भकारो सुधारका लागि रु.५२००।०० रकम उपलव्ध गराउने छ । गा.वि.स.स्तरिय कृषि  वन तथा वातावरण समिती को सिफारिस प्राप्त कृषकलाई मात्र जि.कृ.वि.का.ले मात्र अनुदान उपलव्ध गराउने छ ।

गहुतको सदुपयोग

१. सुधारिएको गोठ निर्माण गर्ने ।
२. गहुत संकलन खाडल बनाउने ।
३. गहुको भुसा,पराल,स्याउला,सोतर जस्ता गहुत सोस्ने खालका
सोतरको प्रयोग गोठमा र मलपल्टाउदा गर्ने ।
४. हिऊदमा बारी नजिकगोठ सार्ने । गोठे मलजोत्ने बेलामा ढुवानी गरी तुरन्तै माटोमा मिलाउन सके यसमा रहेको खाद्यतत्व नोक्सान हुन पाउदैन । समय मिलाइ मलढुवानी गर्नु परेमा खेतको एकछेउमा थुप्रो बनाइ घासपात,माटोले छोप्ने र जोतने बेलामा फिजेर माटोमा मिलाउने । बाली लगाउनु भन्दा १५,२०दिन अगाडी पाकेर तयार भएको मललाई माटोमा मिलाउनु पर्दछ ।

 

 

 

 

 

 

 


गोवर तथा मुत्र संकलन

  • पशुले खाएको खाना बाट २० भाग पोषणमा प्रयोग गरिने ।
  • ८० भाग गोवर र पिसावको रुपमा बाहिरिने ।
  • यसमा पनि नाईटोजनको ८० प्रतिशत – (गोवर २८ ,पिसाव ५२)
  • गोवर र पिसावको रुपमा बाहिरिने फस्फोरस ६१ – ८७ प्रतिशत
  • गोवर र पिसावको रुपमा बाहिरिने पोटाश ८२ – ९२ प्रतिशत
  • बिरुवाको खाद्यतत्वको हिसावले महत्वपूर्ण पिसाव र गोवरको संकलन गरी प्रयोगमा ल्याई गुणस्तरीय गोठेमल बनाउन सकिन्छ ।
    खाडलमा संकलित गहुतलाई कम्पोष्ट मल बनाउन प्रयोग गर्न
    सकिन्छ ।
    संकलित गहुतलाई ७,१० दिनसम्म पाक्न दिएर १ः४ को अनुपातमा पानी मिलाई बालीनाली र माटोमा मलको रुपमा प्रयोग गर्न सकिन्छ । गहुतलाइ उपयुक्त स्थानीय बनस्पति–
    (अमिलो,तितो,टर्रो,पिरो) संग मिलाएर रोग – (ब्यक्टेरियल,फङ्गल र भाईरल) तथा कीराको नियन्त्रण मा प्रयोगगर्न सकिन्छ । गहुतको प्रयोगले बिरुवामा प्रतिरोधात्मक क्षमता बढाउछ ।


    अंसित भट्टराई
    लम्जुङ्ग कृषि क्याम्पस
    सुन्दरबजार, लम्जुङ्ग