लौ सुन्नुस, म भन्छु मेरो रुपलीला !


लेखक : लेखापढी      २२ कार्तिक २०७७, शनिबार ०६:५९ मा प्रकाशित     
लौ सुन्नुस, म भन्छु मेरो रुपलीला !

लिलाराज सिख सरदारको रुपमा

यहाँ बस एक 'लुक चेन्ज' गर्दा जात, धर्म, पेशा सब बदलिँदो रहेछ । कति सजिलो, हगि ?  टिनएजदेखि नै मलाई कपाल र दाह्री पाल्ने शौख हो ।
कपाल समेट्न वा टाउको दुखेर फेटा बाँध्दा मान्छेहरुले मलाई शिख वा ‘पन्जाबी’ देखे । जुँगा काट्दा मुस्लिम वा कुनै आतंककारी वा ‘पठान’ देखे । जुँगा ‘पुतली’ गर्दा मान्छेहरुले मलाई ‘क्लिन सेभ’ नगरेको हिटलर देखे  वा अग्ले चार्ली च्याप्लिन भनेर मजाक उडाए । ‘क्लिन सेभ’ गर्दा मान्छेहरुले मलाई ‘चक्लेटी हिरो’ पनि भनिदिए भने जुँगा मात्रै राख्दा उनीहरुले मलाई ‘बहादुर’ वा राउडी राठोर भने ।
लामो कपाल जुरो बाँधेर आँखामा सूरमा लगाउँदा त कतिले मलाई ‘किन्नर’ पनि भन्न भ्याए । अनि झुस्स दाह्री र जिंग्रीङ्ग कपाल देख्दा कतिले त मलाई पागल पनि भने !

यहाँ बस एक ‘लुक चेन्ज’ गर्दा जात, धर्म, पेशा सब बदलिँदो रहेछ । कति सजिलो, हगि ?  टिनएजदेखि नै मलाई कपाल र दाह्री पाल्ने शौख हो । तर अनेक कारणहरुले मलाई अलिक लामो पार्नासाथ आफ्नो अनुहारका रौँहरु मिल्काउन बाध्य तुल्याउँथ्यो । मेरो चेहरा उपर अनेक मान्छेका अनेक अनुमान र प्रश्नहरुको अनावश्यक आक्रमणले मलाई असर गर्थ्यो र मुर्मुरिँदै म सैलुन छिर्थें । एकपटक मुम्बईमा, रेलमा यात्रा गर्दा, सडकहरुमा बरालिँदा वा कफीसपमा जाँदा मान्छेहरुले मलाई घुर्न छाडेनन् । लामो कपाल र लामै दाह्री तथा मेरो अग्लो र सिकुटे कद देखेर मान्छेहरुले निकै पटक मलाई आतंककारी समेत ठाने ! नागपुर पुलिस समेत झुक्कियो र केही दिन हिरासतमा लिएर मेराबारे धुँइपत्ताल अनुसन्धान गर्यो ।

हजामले सोध्यो- क्या चाहिए?  मैले ठाडै भनें, तेरा खोपडी ! ऊ अलिक डरायो । मैले माहौल शान्त गर्दै भने, दुकानदार को अपने दुकान में आते हुवे ग्राहक से कभी नहीं पुछना चाहिए कि क्या चाहिए । वह खूद बताएगा कि उसे क्या चाहिए! उतना धीरज और समझ नहीं है तो फिर काहे का हजामत ?

भारत, जहाँ कैयौँ सन्त, दार्शनिक, लेखक तथा कलाकारहरुको पहिचान उनीहरुको लामो कपाल र दाह्री पनि हो; त्यस्तो मुलुकमा मलाई दाह्रीकपाल पालेर हिँड्दा विविध समस्या झेल्नुपर्यो । लाग्यो, कुनैबेलाको स्वर्ण भारतमा आजकल ‘रेतैरेत’ले भरिन पुगेछ । नक्कली जिन्दगीको पल्ला भारी भइसकेछ ।
अहिले त भारत उराठलाग्दो भएछ! कतिसम्म भने, चेम्बुरको टाटा युनिभर्सिटीमा पिएचडी गर्ने एउटा उडिसाको नेपाली भाइको निम्तो मान्न जाँदा मलाई पालेहरुले शिरदेखि पाउसम्म नियालेर हेर्दै गेटमै रोके । निम्तो गर्ने भाइ गेटमै आएर, मेरो लेखक दाजु हो भनेर मेरो पुस्तक देखाउँदा पनि पालेहरुले मलाई भित्र छिर्न दिएनन् । अनि हामीले बाहिरै जश्न मनाएका थियौँ ।

टाटा युनिभर्सिटीका साथीहरुसँग छुटेर म सिधै सैलुन छिरें । हजामले सोध्यो- क्या चाहिए?  मैले ठाडै भनें, तेरा खोपडी ! ऊ अलिक डरायो । मैले माहौल शान्त गर्दै भने, दुकानदार को अपने दुकान में आते हुवे ग्राहक से कभी नहीं पुछना चाहिए कि क्या चाहिए । वह खूद बताएगा कि उसे क्या चाहिए! उतना धीरज और समझ नहीं है तो फिर काहे का हजामत ?
गल्ती हो गइ, साहेब । मुझे माफ करदो, भनेर हजाम सम्हालियो र आफ्नो औकातमा आयो ।
खाली कुर्सीमा बस्दै मैले भनें, टकला (चिण्डे) कर मेरेको । और सुन् – क्लिन सेभ भी! हजामले अलिक अन्कनाउँदै भन्यो, इतने अच्छे बाल और दाढी मत काटो, साहेब । आप को बहुत जँच रहा है!
मैले उसलाई प्रेमपूर्वक भनें, काटे हुवे बाल फोगट में दे दुंगा । अभी टाइम का वाट मत लगा । काम चालू कर ! अनि उसले फटाफट मेरो कपाल काटेको थियो । यस्तो कैयौं पटक भयो । नेपालमै पनि लामो भएपछि कारणवश कपाल काट्न जाँदा हजाम अन्कनाएको छ । अनि मेरो ‘ड्र्यागन डायलग’ खाएपछि त काम फटाफट ! कपाल लामो हुँदै गर्दा कैयौँ पटक मैले आफ्नो टाउको सफाचट तुल्याएको छु । म कि टाउको मुडुलो गर्छु, कि लामो कपाल पाल्छु । यस मामिलामा म बिचमा रहन मन पराउँदिन । मलाई त अझ, बब मार्लीको जस्तो लामो जट्टा बनाउन मन पर्छ । तर अब यो कहिले जुर्ने हो थाहा छैन !   

             आगामी अंकमा क्रमशः
“लिलाराज खतिवडाको रहस्यमयी जीवन कथाको बाकी अंश अर्को शृंखलामा प्रस्तुत गर्नेछौ…”


लिलाराज खतिवडा
बाघखोर, मोरङ
“लेखक खतिवडा चर्चित पत्रकार, लेखक, रास्ट्रप्रेमी, राजनैतिक विश्लेषक, प्रस्टबक्ता एबं लाखौ नेपाली युवाका प्रेरक व्यक्तित्त्व साथै सामाजिक अभियन्ता समेत हुनुहुन्छ”