मलाई छोडेर नजाऊ


लेखक : लेखापढी      २१ कार्तिक २०७७, शुक्रबार १५:२० मा प्रकाशित     
मलाई छोडेर नजाऊ
मलाई,
फूलसँग बस्ने मन छ,
जुनसंग रम्ने मन छ !
प्रिय,

तिमी नजाऊ छोडेर !!

के तिमीलाई
मेरो बदनमा मुसुक्क
मुस्कुराई रहेका सगरमाथाको
माया छैन ?
ती बुद्धका पाउले टेकेका
शान्ति स्थल शान्त लागेन?
मलाई यी सबैको औधी माया छ !
मलाई फुल्नु छ यतै,
मलाई रम्नु छ यतै !!

तिमी,
मेरो अस्तित्वलाई
किस्ता किस्तामा
बेचेर नाङ्गो बनाउने बाटोमा
मार्गदर्शक भइरहेका,
मेरो अस्तित्वलाई
निमिट्यान्न पार्न खोज्ने
शक्ति पिपासु
महारथीको भरमा
मलाई छोडेर नजाऊ ।

तिमी आऊ,
मेरो सुन्दर मुस्कान सहितको
शान्त आश्रय दिन,
तिमी आऊ
मलाई मेरो अस्तित्व
नबेचिदै आफै भई उभिन
सक्ने बनाउन।
एउटा विशाल,शान्त,सुरम्य
नेपाल भई चिनाउन।
तिम्रो सरकार ‘उसै’ले चलाएको छ 
मर्मस्पर्शी गजल: अंकुर चन्द


अङ्कुर चन्द

कञ्चनपुर, सुदुरपस्चिम 


हजुरहरुका लेख-रचना हामीलाई ईमेल मार्फत पठाउन सक्नुहुनेछ:
                    email- lekhapadhee@gmail.com 
                      visit us: www.lekhapadhee.com