प्रोटोकल अपनाएर नेपालगन्ज म्याराथनको तयारी


लेखक : लेखापढी      १८ कार्तिक २०७७, मंगलवार १४:४३ मा प्रकाशित     
प्रोटोकल अपनाएर नेपालगन्ज म्याराथनको तयारी

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण नेपालमा गत चैतदेखि कुनै पनि खेलकुद प्रतियोगिताहरु हुन सकेका छैनन् । लामो समयदेखि खेलकुद प्रतियोगिता नहँदा खेलाडीहरु आफ्नो लय गुमाउने चिन्तामा छन् । उनीहरु करिब आठ महिनादेखि घरमै छन् । नेपालमा हाल केही खेलको प्रशिक्षण सुरु भए पनि खेल प्रतियोगिता भने हालसम्म हुने अवस्था छैन । 

यस्तो अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव रमेशकुमार सिलवालले व्यक्तिगत विधाका खेलहरुलाई प्रशिक्षण सुरु गर्न संघहरुमाझ कुरा पुगिसकेको बताएको छ । राखेपले स्वास्थ्य प्रोटोकल अपनाएर कोरोना भाइरस संक्रमणको जोखिम कम भएका खेलहरुलाई प्रशिक्षण गर्न कुरा पुगिसकेको बताएका छन् । उनले प्रोटोकल अपनाएर प्रशिक्षण गर्न केही खेल संघहरुले चासो देखाएको बताएका छन् ।

राखेपले केही व्यक्तिगत विधाका खेल प्रतियोगिता गर्न कोरोना संक्रमणको जोखिम कम भएको स्थानलाई स्थानीय प्रशासनले स्वीकृत दिए गर्न पाउने बताएका छ । यस्तै नेपालगन्जमा विगत लामो समयदेखि चल्दै आइरहेको नेपालगन्ज म्याराथन पनि गर्ने तयारी छ । आयोजक नेपालगन्ज म्याराथनले स्वास्थ्य प्रोटोकल अपनाएर प्रतियोगिता गर्ने तयारी भएको बताएको छ ।

आयोजक कमिटीका संयोजक टीएस ठकुरीले लामो समयदेखि खेलकुद प्रतियोगिताहरु बन्द भएको अवस्थामा आफूहरुले स्वास्थ्य प्रोटोकल अपनाएर प्रतियोगिता गर्ने योजना भएको बताएका छन् । उनले स्थानीय प्रशासनले पनि स्वास्थ्य प्रोटोकल अपनाएर खेल प्रतियोगिता गर्न अनुमति दिने बताएपछि आफूहरुले प्रतियोगिताको तयारी गरिरहेको ठकुरीले बताए ।

“लामो समयदेखि खेलकुद प्रतियोगिताहरु स्थगित छन् । हामी नेपागन्जमा  खेल प्रतियोगितालाई पुनः सुरु गर्ने योजनमा छौं । त्यसकै सिलसिलामा कोरोना भाइरस संक्रमणको जोखिम कम भएको खेल एथलेटिक्स प्रतियोगिता गर्न लागेको हो । खेल प्रतियोगिता पुनः सुरु हुने विषयमा हामी सकारात्मक छौं । स्थानीय प्रशासनले पनि स्वास्थ्य प्रोटोकल अपनाएर प्रतियोगिता गर्न दिने बताएको छ । त्यसका लागि लिखित पत्र आउन बाँकी छ,” ठकुरीले बाह्रखरीसँगको कुराकानीमा भने ।

यता सदस्य-सचिव सिलवालले पनि स्वास्थ्य प्रोटोकल अपनाए कोरोना भाइरस संक्रमणको जोखिम कम भएको खेल र स्थानमा खेल प्रतियोगिता गर्न दिन आफूहरुले पनि अनुमति दिने बताएका छन् । प्रोटोकल अपनाएर खेल प्रतियोगिता गर्दा खेलाडी र प्रशिक्षकहरुलाई जोखिम नहुने भएकाले गर्न बताएका छन् । 

“नेपालगन्जमा म्याराथन प्रतियोगिता हुने तयारी छ । यसको कुरा राखेपमा आएको छ । हामीले कोरोना जोखिम र प्रोटोकललाई ध्यानमा राखेर प्रतियोगिता गर्न भनेका छौ,” सदस्य-सचिव सिलवालले बाह्रखरीसँगको कुराकानीमा भने ।  
यता आयोजक कमिटीले योपटक निश्‍चित धावकहरुलाई बोलाएर प्रतियोगिता गर्ने बताएको छ । पहिलाको जस्तो धेरै खेलाडी नभएर निश्‍चित मात्रामा खेलाडी बोलाएर प्रतियोगिता गर्ने बताएको  छ ।