अंकुर चन्दले शराब पिए पछि…


लेखक : लेखापढी      १८ कार्तिक २०७७, मंगलवार १५:१५ मा प्रकाशित     
अंकुर चन्दले शराब पिए पछि…
पिउनु हुन्न थाहा हुँदा, हुँदै हो शराब पिएँ !
थाहा थियो गल्ति हो याे, तैपनि खराब पिएँ !!

मैले भने म हु ठूलो, उसले भन्यो मै हु ठूलो,
ठूलो मात्र हुन खोज्ने, यस्तै टकराव पिएँ !!

आफ्नो मान आफै हानी, गर्ने यहाँ सस्तो चलन,
जान्दा जान्दै फेरि पनि, मैले त्यो धराप पिएँ !!

कुर्सी पनि ठूलो खोजें, भ्रष्ट पनि हुन खोजें,
त्यसैले त दुनियाँको ,खप्की र जवाब पिएँ !!


अंकुर चन्द 
बेदकोट नगरपालिका 
कंचनपुर, सुदुरपस्चिम


हजुरहरुका लेख-रचना हामीलाई ईमेल मार्फत पठाउन सक्नुहुनेछ:
                    email- lekhapadhee@gmail.com 
                      visit us: www.lekhapadhee.com