पारा मा प्रयोग गरिएका शब्दलाई लिएर भिटेनले मागे माफी


लेखक : लेखापढी      १७ कार्तिक २०७७, सोमबार ०५:५० मा प्रकाशित     
पारा मा प्रयोग गरिएका शब्दलाई लिएर भिटेनले मागे माफी

आफ्नो नयाँ गीतमा प्रयोग गरिएको शब्दलाई लिएर विवाद उत्पन्न भए भएपछि भिटेनले माफी मागेका छन् । उनले ८ कात्तिकमा आफ्नो अफिसियल युट्युब च्यालनमा सार्वजनिक ‘पारा’ बोलको गीतमा प्रयोग गरिएका शब्दलाई लिए आलोचलना भएपछि शनिबार एक विज्ञप्ति जारी गर्दै म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दहरूले पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गरेको उल्लेख गरेका छन् ।

उनले म्युजिक भिडियोमा आपत्तिजनक ठानिएका शब्दहरू हटाएर संशोधित भिडियो पुनः अपलोड गर्नेसमेत उल्लेख गरेका छन् । गीत विवादमा परेपछि भिटेनको उक्त गीतको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीले अनुसन्धान सुरु गरेपछि उनले सार्वजनिक गरिएको म्युजिक भिडियो १३ कात्तिकमा हटाएका थिए । साथै उनले उक्त म्युजिक भिडियोलाई अनाधिकृतरूपमा कुनै पनि माध्यमा अपलोड नगरिदिन पनि आग्रह गरेका छन् ।