सुजाता कोइराला द्वारा नेपाली कांग्रेश सभापति पदको लागि उम्मेदवारि घोषणा


सुजाता कोइराला द्वारा नेपाली कांग्रेश सभापति पदको लागि उम्मेदवारि घोषणा

काठमाडौँ- नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले आगामी फागुनमा हुने १४ औं महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । पूर्व उपप्रधानमन्त्री कोइरालाले पार्टीमा योगदान गरेका अग्रज तथा युवापुस्ताबीच समन्वय गरी अगाडि बढ्ने सङ्कल्प गरेको बताउनुभयो ।

पार्टीको पूर्व विदेश विभाग प्रमुख कोइरालाले भन्नुभयो, ‘‘सबैले महिला अगाडि आउनुपर्छ भनेर भन्ने धेरै भए तर सभापतिको उम्मेदवार बन्ने कसैले घोषणा गर्नु भएको छैन, साथीहरूको आग्रहमा उम्मेदवार बन्ने घोषणा गरेकी हुँ ।’’

पूर्व पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद छोरी सुजाताको उम्मेदवारीसँगै कोइरालाबाटै सभापतिका तीनजना उम्मेदवार भएका छन् । यसअघि महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिको उम्मेदवार हुने घोषणा गरिसक्नु भएको छ ।