राजनैतिक प्रतिशोधका कारण बिग्रिएकाे कुटनिती


राजनैतिक प्रतिशोधका कारण बिग्रिएकाे कुटनिती

-राजनिति भित्र लुकेकाे कुटनीति:
भौगोलिक रुपमा देश ठुलाे हाेस या सानाे उक्त देश भित्रका कुनै पनि कार्य वा समस्यालाई नराम्रो शब्द वा व्यवहार प्रयोग नगरी सम्पादन गर्ने तरीकालाई कूटनीति भनिन्छ। कूटनीति देश, शहर, वा अन्तर्राष्ट्रिय सम्बन्धसँग जोडिने गर्दछ। यसको उद्देश्य एक अर्काको आवश्यकताहरू पूरा गर्ने सम्बन्ध स्थापना गर्नु हो। जस्तै: राजदूत, वार्ता र वार्तालाप। सामान्यतया भन्नुपर्दा कूटनीति भनेको एक प्रक्रिया हो जसमा शान्ति, संस्कृति, धर्म , अर्थव्यवस्था, व्यापार वा युद्ध जस्ता मुद्दाहरूमा कूटनीतिज्ञहरु मार्फत कुराकानी हुन्छ। सामान्यतया अन्तर्राष्ट्रिय सन्धिहरू पहिले कूटनीतिज्ञहरूद्वारा छलफल हुन्छन्, र त्यसपछि हस्ताक्षर हुन्छन् र राष्ट्रिय राजनीतिज्ञद्वारा देश र जनतामा लागू हुन्छन् ।

जुन देशकाे संबिधान ,कानुन भित्र रहेर कार्य संम्पादन र अन्तरास्ट्रिय नियम परिधि भित्र रहेर कुनैपनि समस्या लाई सम्बन्ध र आपसि सम्झदारिमा हल गर्ने प्रचलन रहँदै आएकाे छ । जुन देशकाे राजनितीमा अनेकन समस्या र अराजकताले सिमा नाघ्छ र देशकाे अस्तित्व र राष्ट्रिय स्वाधिनता र एकता धरापमा पर्दै जान्छ ।

राजनिती देश समाज र जनताका लागि हाे भने । कुटनिति राजनिती भित्रकाे एक अग्र श्रेणिमा पर्ने राजनीति भित्रकाे एक भिन्न छुट्टै प्रणालि भित्रकाे एक महत्त्वपूर्ण अंग हाे । जुन देशकाे संबिधान ,कानुन भित्र रहेर कार्य संम्पादन र अन्तरास्ट्रिय नियम परिधि भित्र रहेर कुनैपनि समस्या लाई सम्बन्ध र आपसि सम्झदारिमा हल गर्ने प्रचलन रहँदै आएकाे छ । जुन देशकाे राजनितीमा अनेकन समस्या र अराजकताले सिमा नाघ्छ र देशकाे अस्तित्व र राष्ट्रिय स्वाधिनता र एकता धरापमा पर्दै जान्छ । तब हामी सचेत नागरिकले बुझ्नु पर्ने एउटै कुरा रहन्छ कि । 

-भाई फुटे गवाँर लुटे:
राजनीति र कुटनीति एक अर्कोका परिपूरक हुन् । एकको अभावमा पनि अर्को पक्षले पूर्णता नपाउने निश्चित हुन्छ । सार्वभौमसत्ता सम्पन्न मुलुकको राजनीतिक स्थायित्व, शान्ति एवं आर्थिक समृद्धिको लागि छिमेकीराष्ट्रबाट प्राप्त हुने सहयोग तथा सद्भाव आवश्यक मानिन्छ । कुटनीतिज्ञमा रहनुपर्ने आवश्यक गुणको अभाव तथा राजनीतिक आस्थाको आधारमा गरिने नियुक्तिले कहिलेकाहीँ असामनजस्य व्यवहार खडा भई विवादास्पद कार्यको सूत्रपात हुने सक्ने खतरा देखिन्छ । जसका कारण राज्यको विदेश नीतिमा नकारात्मक प्रभावको जालो लाग्ने प्रवल सम्भावना रहन्छ । वर्तमान नेपालको परिपेक्षमा भनाइ र गराइमा हुने तात्विक असरले गर्दा वेलाबखतमा कुटनीतिको क्षेत्रमा चिसोपनको आभाष हुने गरेको छ ।

जुन देशकाे संबिधान ,कानुन भित्र रहेर कार्य संम्पादन र अन्तरास्ट्रिय नियम परिधि भित्र रहेर कुनैपनि समस्या लाई सम्बन्ध र आपसि सम्झदारिमा हल गर्ने प्रचलन रहँदै आएकाे छ । जुन देशकाे राजनितीमा अनेकन समस्या र अराजकताले सिमा नाघ्छ र देशकाे अस्तित्व र राष्ट्रिय स्वाधिनता र एकता धरापमा पर्दै जान्छ ।

नेपालले आजसम्म आफ्नो सार्वभौमसत्ता जोगाइराख्न सक्नुका प्रमुख कारणहरू मध्ये तेस्रो तथा शक्तिशाली देशहरूसँगको सुमधुर कुटनीतिक सबन्ध पनि एक हो । तर विडम्बना पछिल्ला केही दशकहरूमा नेपालले विश्वसामु देखाएको आफ्नो कुटनीतिक क्षमता र अपरिपक्वता भने देशको लागि नै लज्जा र चिन्ताको विषय बनेको छ । विशेष गरी ०४६ पछि प्रजातन्त्रकाे घाेषणा संगै नेपालको राजनीतिको केन्द्रविन्दु जनतामा निहित भन्दै आएतापनि नेता र राजनैतिक दल र नेताहरुकाे सत्ता माेह र जनता प्रती अउत्तरदायि ब्यक्ति केन्द्रित नाताबाद र कृपाबादले गर्दा नेपालको कुटनीतिक क्षेत्र पटक पटक धरसायी बनिरहेको छ । अन्तर्राष्ट्रिय कुटनीतिक क्षेत्रमा ज्ञान त होला तर अक्कल भने सक्कल मात्र केन्द्रित भयाे र लाेभि पापि प्रा. र डा. हरुले अनबिज्ञ र अनपढ नेताहरुलाई भाषाकाे कारण नेताहरुकाे पुल बन्ने बाहानामा । कुटनितिलाई जनता र देश जाऐ भाँड्मे भन्दै कमाउ धन्दा तिर कुटनितिलाई बन्दि बनाई श्वार्थ केन्द्रित भए संगै देशकाे श्वाधिनता र अस्तित्व अहिले धरापमा पर्दैछ । अन्तर्राष्ट्रिय कुटनीतिक क्षेत्रमा ज्ञान र अनुभव भनेको आकाश जमिनको फरक हो । जंगली राजनीति, हत्याहिंसाको माध्यमबाट नेपालको राजनीतिमा उदाएका राजनिती पार्टि र नेता देशभित्र त धूर्त र चलाख राजनीति खेल खेल्न खप्पिस भए पनि अन्तर्राष्ट्रिय मामिलामा निक्कै कच्चा र बच्चा सावित हुँदै आइरहेका छन् । एक जिम्मेवार नेताले एक कुटनीतिक आचरणको पटक्कै ख्याल नगरी कहिले मित्र राष्ट्र भारत विरूद्ध त कहिले मित्र राष्ट्र अमेरिका अन्य देशहरु विरूद्ध गैर जिम्मेवार अभिव्यक्तिहरू पटक-पटक दिँदै आएका छन् । यस्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले गर्दा नेता र राजनैतिक पार्टि हरुमा अन्तर्राष्ट्रिय राजनितिमा बिस्वास गुम्दै गएकाे छ । राजनैतिक जीवनको सबैभन्दा ठूलो कमजोरी भनेकै यही हो । नेताहरुकाे यस्तो चरित्रले गर्दा बाहिरी जगतले नेपालको परराष्ट्र नीतिमा शंकाको नजरले हेर्न थाल्दै छन् । जस्ले नेपालको अहित गर्नुको साथै नेपाललाई अनावश्यक द्वन्द्वको रंगमन्चमा उतार्ने निश्चित जस्तै छ।

जंगली राजनीति, हत्याहिंसाको माध्यमबाट नेपालको राजनीतिमा उदाएका राजनिती पार्टि र नेता देशभित्र त धूर्त र चलाख राजनीति खेल खेल्न खप्पिस भए पनि अन्तर्राष्ट्रिय मामिलामा निक्कै कच्चा र बच्चा सावित हुँदै आइरहेका छन् । एक जिम्मेवार नेताले एक कुटनीतिक आचरणको पटक्कै ख्याल नगरी कहिले मित्र राष्ट्र भारत विरूद्ध त कहिले मित्र राष्ट्र अमेरिका अन्य देशहरु विरूद्ध गैर जिम्मेवार अभिव्यक्तिहरू पटक-पटक दिँदै आएका छन् ।

जाँदा जाँदै:
ईतिहास साक्षी छ । पहिलाे विश्व युद्ध हुँदै द्रोसो बिश्व युद्धमा नेपालिहरुकाे बिरता र शाहस देखेर बिश्वका कयन देशहरुले नेपाल र हामी नेपालि हरुसंग खास सम्बन्ध बनाउन लालायित हुन्थे र कुटनैतिक संबन्ध गाँस्न चाहन्थे । तर हाल समयले काेल्टे फेरेकाे छ ।त्यो बीरता, त्यो पराक्रम, त्यो बहादुरिता, त्यो ईमानदारिता र ताे लगनशिलता त केबल एकादेशकाे कथा सरिनै भएकाे छ । हामी भित्रकाे खास आत्मबाेध र सत्यता लाई अंगाल्न नसक्नुनै हाे । भनिन्छ, भाइ फुटे गवाँर लुटे । हामी नेपाली गाेरखालिहरुकाे बहादुरी र लगनशिलतालाई कुन बैरिकाे आखा लाग्याे । जसमा हामी नेपाली दाजुभाई एक आपसमा मिलाप र एकता नभई बिभिन्न राजनैतिक ट्याग र जातिय बिभेद प्रवेश गराई देशकाे राष्ट्रिय श्वाधिनता र एकता धरापमा पर्दा समेत तै चुप मै चुप ।

हुनत हामी २१औ  शताब्दी काे बैज्ञानिक र यान्त्रिक युगकाे प्रबेश संगै विश्व राजनिति र बिश्व बजारसंग जाेडिदै गर्दा अनेकन किसिमका सम्बन्धहरुलाई पनि संग-संगै स्थापित गर्दै अगाडि बढ्नु पर्ने बाध्यता जस्तै देखिदै छ । याे समयकाे माग पनि हाे । हुनत याे समय भन्दा कैयन बर्ष पहिला देखिनै प्राचिन नेपालको अन्तर्राष्ट्रिय दैत्य  सम्बन्ध अझ बढि गाढा रहेको देखिन्छ। तत्कालिन समयमा पनि ति शासकहरुले छुट्टै खालकाे सानदार सम्बन्ध बनाउन सफल भएकाे कारण नै बिश्वले हामी नेपाली र नेपाली शासकहरुकाे अहिलेपनि तारिफ र प्रसंसा गर्दछन । याे लुकाएर लुक्ने कुरा र लाज मान्नु पर्ने कुरा यहाँ छैन ।

भारतिय खुफिया एजेन्सी ‘रअ’ का प्रमुखले अन्तर्राष्ट्रिय नियम र कानुन् बिपरित दादागिरि र भाईगिरिकाे शैलिमा हाकाहाकि एक स्वाधीन र स्वतन्त्र नेपालका प्रधानमन्त्रिलाई किन भेटे र भेट्नुकाे अर्थ र उदेश्य के ? यसमा गल्ति त दुबै पक्षले गरे तर शक्ति र शत्ताकाे अगाडि खास यी कुराहरुकाे खासै अर्थ हुँदाे रहेनछ ।

तर बिडम्बना समय संगै राजनैतिक प्रतिशाेध, सत्ता र श्वार्थ र घमण्ड काे कारणले बर्तमान देशका राजनैतिक पार्टि र नेताहरुकाे शैलीले अहिले देशकाे श्वाधिनता र एकता माथि प्रश्न चिन्ह खडा भएकाे छ । राजनिति भित्रकाे अनुशासित र मर्यादित क्षेत्र हाे कुटनिती र एक आपसकाे पुरक हाे कुटनिति । राजनिति नियन्त्रण बाहिर गयाे भने कुटनितिले नियन्त्रण गर्नुपर्ने हुन्छ र कुटनिति नियन्त्रण बाहिर गयाे राजनितिले नियन्त्रण गर्नुपर्ने हुन्छ । तर देशमा अहिले यी दुबै कुराहरुलाई नै कमजोर पारिएकाे छ । कारण ईतिहास साक्षि छ आफै मनन गरौं ।

हाल नेपाली राजनिति र केपि ओलि सरकारलाई अहिले जनता र बुद्धिजिबिहरुले एउटै जबाफ मात्र माग्ने गरेकाछौं कि भारतिय खुफिया एजेन्सी ‘रअ’ का प्रमुखले अन्तर्राष्ट्रिय नियम र कानुन् बिपरित दादागिरि र भाईगिरिकाे शैलिमा हाकाहाकि एक स्वाधीन र स्वतन्त्र नेपालका प्रधानमन्त्रिलाई किन भेटे र भेट्नुकाे अर्थ र उदेश्य के ? यसमा गल्ति त दुबै पक्षले गरे तर शक्ति र सत्ताकाे अगाडि खास यी कुराहरुकाे खासै अर्थ हुँदाे रहेनछ । प्रमुख गल्ती त हामी जनताकै हाे नि ? देशका शासकहरुको असल पहिचान गर्न नसक्नु । यि नेताहरुलाई नै हामिले देश र हामी जनताका भाग्य बिधाता ठानेमा यस्ता खालका राष्ट्रिय गल्तीहरु भईनै रहन्छन ।

तसर्थ राजनिति भित्र रहेकाे कुटनिति लाई पनि लाेभि पापि र श्वार्थि काे हातबाट उम्काउन सकेमात्र देश र हामी जनता काे भलाे हाेला ।
जय गाेरखकालि !!!


नागी बिक्रम चन्द 
काठमाडौँ 
(चन्द, सामाजिक अभियन्ता एबं युवा ब्याबसायी हुनुका साथै समसामयिक सामाजिक, राजनितिक बिषयहरुमा ससक्त कलम चलाउदै आउनुभएको छ ।)


हजुरहरुका अमुल्य लेख- रचना हामीलाई इमेल गर्न सक्नुहुन्छ
email: lekhapadhee@gmail.com