बुख्याचा- मर्मिक लघुकथा
“यसपालि दशैंमा त बिदा दिनुपर्यो हजुर !”
धेरै भयो आमाको हातको टीका नलाएको । बुढी भइसकिन्, आज हो कि भोलि हो । “हात जोड्दै उसले बिन्ती बिसायो ।”
यसपालि हामी पनि गाउँ जादैंछौ सबैजना । घर रुँग्ने कोही छैन । अनि त पनि हिँडिस भने घरको देखभाल कसले गर्छ? कुकुरलाई खाना कस्ले खुवाउँछ ? लौ हुदैन यो पटक अर्को पटक जालास।
मालिकको ठाडो इन्कारले उसको मन खिन्न भयो। आमाको चाउरीएका मुहार आँखाअघि नाच्न थाले । पोहोर साल पनि यस्तै भनेर टारे ।
मलिकको जेठा छोराको बिहेमा पनि जन्त जाने खुब रहर थियो । घरधन्दा र रुँगाइमा नै पर्यो उ । हरेक पल उसको चाहानामा घरकुरुवा बाधक थियो । बिबसताबस प्रतिकारमा उत्रन सक्दैनथ्यो ।
आज्ञा शिरोपर गर्नु बाहेक अर्को बिकल्प थिएन । दुई दिन पछि मलिकका स-परिवार दशैं मनाउन लागे गाउँ तिर ।
शिथिल नेत्रले मालिकका परिवारको सवारीलाई ओझेल नहुन्जेल पछ्याई रह्यो ।
हेर्दै गर्दा नजिकै खेतको बुख्याचामा नजर पर्यो !! एक टकले हेर्यो…।
त्यसमा आफ्नै आकृति देखिरहेको थियो ।
मनिष कुमार शर्मा ‘समित’
ठिमी, भक्तपुर
(निरन्तर रुपमा उत्कृस्ट साहित्यिक रचना पठाउनु हुने “मनिष कुमार शर्मा ‘समित” ज्यूमा हार्दिक आभार ब्यक्त गर्दछौ – लेखापढी म्यागजिन, lekhapadhee.com)
हजुरहरुका लेख-रचना हामीलाई ईमेल मार्फत पठाउन सक्नुहुनेछ:
email- lekhapadhee@gmail.com
visit us: www.lekhapadhee.com