मर्मस्पर्शी गजल: अंकुर चन्द


लेखक : लेखापढी      ११ कार्तिक २०७७, मंगलवार १४:४५ मा प्रकाशित     
मर्मस्पर्शी गजल: अंकुर चन्द

 

जुन काम गर्नहुन्न, त्यही काम गर्छन किन !
असत्यको दाउपेचमा, सत्य पछि सर्छन किन !!

ध्रुवसत्य यही नै हो, एकदिन सबै मर्नुपर्ने,
गजब ! मान्छे अकालमै, जहर पिई मर्छन किन !!

समाज यो हाम्रो हो, हामीले विकास गर्नुपर्छ !
ओइलिएको फुलसरी, सबै तल झर्छन किन !!

मकै ढिँडो खाइकनै, आफ्नै देशमा गरौं मरौं,
धनको लोभ बोकी मनमा, मेची काली तर्छन किन !!


अंकुर चन्द 
बेदकोट नगरपालिका 
कंचनपुर, सुदुरपस्चिम