रघुबीर चन्दको गजल


लेखक : लेखापढी      ८ कार्तिक २०७७, शनिबार ००:२९ मा प्रकाशित     
रघुबीर चन्दको गजल

आँखामा आँसु सामुन्द्रिक छालभन्दा कम छैन ! 
छातीमा बेदना सोमालियाको हालभन्दा कम छैन !!

युगपुरूषको खडेरीले अनिकाल भन्दा कम छैन ! 
जुनै तन्त्र आएपनि संकटकाल भन्दा कम छैन !!

राष्ट मेरो, म राष्टको भन्ने कसैमा दम छैन ! 
टोलै पिच्छे टपुरटुइयाँ नेताको कम छैन !!

राज्यका संयन्त्रमा जाली फटाहाको कम छैन !
सिमानाका पिल्लर सर्दा खोजी गर्ने दम छैन !

ईमान बेच्दै सम्पति कुम्ल्याउनेको कम छैन !
भ्रमको खेती गर्दै भाँडभैलो मच्चाउने कम छैन !!


रघुबीर चन्द 
बेदकोट नगरपालिका 
सुदुरपस्चिम


हजुरहरुका लेख-रचना हामीलाई ईमेल मार्फत पठाउन सक्नुहुनेछ:
email- lekhapadhee@gmail.com 
visit us: www.lekhapadhee.com