अंकुर चन्दको प्रेममय गजल


लेखक : लेखापढी      ८ कार्तिक २०७७, शनिबार ०७:३७ मा प्रकाशित     
अंकुर चन्दको प्रेममय गजल
मलाई छोडेर, जाऊ नभन्नु !
नजिक तिमी, नआऊ नभन्नु !!
 
अमृत पिउने, आशामा बसे,
जहर लिएर , खाउ नभन्नु !!
 
      दिएर भित्रको, मुटु मलाई,
     आएर फिर्ता, पाउँ नभन्नु !!
 
     दुई दिन छुट्टी, भेटिँदा फेरि,
     के हो अहो? तिम्रो नाउँ नभन्नु !!
 
     तोडेर बन्धन, जान खोजेनी,
    अङ्कुर! दुख्दैछ घाउ नभन्नु !!


अंकुर चन्द 
बेदकोट नगरपालिका 
कंचनपुर, सुदुरपस्चिम