अंकुर चन्दको सुन्दर गजल


अंकुर चन्दको सुन्दर गजल

फुलतिर हात सार्दा, भाँचिएको डाली देखे !
जता हेर्यो उतैतिर, यी आँखाले जाली देखे !!

देख्न कहिले सकिएला, स्वच्छ निलो आकाश,
जहाँ पाइला सारेपनी, फोहोरको नाली देखे !!

उकाली र ओरालीको, यात्रा तय गर्दा गर्दै,
जिन्दगीको चौतारीमा,भत्किएको पाली देखे !!

जाली फटाहा विरुद्धमा, गुन्जिएको आवाजको,
बेवास्ता गरी यिनकै, बिजयमा ताली देखे !!

बगानका जति फूल, सबै ओइली झर्दा पनि,
कुनै चासो नदेखाइ, निदाएको माली देखे !!


अंकुर चन्द 
बेदकोट नगरपालिका 
कंचनपुर, सुदुरपस्चिम


हजुरहरुका लेख-रचना हामीलाई ईमेल मार्फत पठाउन सक्नुहुनेछ:
email- lekhapadhee@gmail.com 
visit us: www.lekhapadhee.com