मुर्गा – उत्कृष्ठ लघुकथा


लेखक : लेखापढी      ४ कार्तिक २०७७, मंगलवार १५:१७ मा प्रकाशित     
मुर्गा – उत्कृष्ठ लघुकथा

अध्ययनको सिलसिलामा भारत, मद्रास (चेन्नैई)को बसाई थियो उसको । तीन जना साथी, तीनकोठा (एक कमन रुम सहित), एक किचन ।

“आ दाई, आजको जमानामा पनि … के भन्नुभएको…?  यही त समय हो रिल्याक्स गर्ने । पछि त जीवनमा कुन मुर्गा फेला पर्छ के थाहा ? ”बरु दाइले पनि साथ दिनुन रमाइलो गरौं ।”

उ कोठामा बस्नेहरू मध्ये अलि सिनियर । भित्री शान्त कोठा आफैंले ओगटेको थियो। कमन रूममा बस्ने एक भाइ, भरखरै मात्र बैङ्लोरबाट ‌+२ (कक्षा १२) सकेर आएको थियो। अर्को भाइ दशैं तिहार मनाउन घर गएको थियो। 
तिहार पछि लगत्तै परेको परीक्षाले घर गएर बा-आमाको हातको टीका लगाउने उसको चाहनामा बाधक बनेको थियो ।

“दाइ मेरो साथी आउँदै छे बैङ्लोरबाट । दुई चार दिन बस्छे । “कमन रुममा बस्ने भाइले स्वीकृति माग्दै थियो ।”- उसले मौन स्वीकृति दियो ।

कमन रुमको दृश्यावोलकन- भुईँ भरि चुरोटका ठुटा, बियर-वाइन बोतल भुईभरि लडिरहेका, ति मानव आकृति पनि भुईँमै पछारिएका… दुबै अर्धनग्न थिए… नाग-नागीन झैं लठारिएका…

युवती साथीको आगमनले कमन रुमको भाइ मख्ख थियो । आधारातमा सल्याङबल्याङले उसको निद्रा टुट्यो । कमन रुममा दुबै मस्त थिए । गाँजा, बियरको मिश्रीत गन्धले उसलाई रिंगटा लागे जस्तो भएको थियो ।

“फोटो हेर्यो झस्कियो । उही केटि…!! अर्धनग्न आकृति उसको मानसपटलमा नाच्न थाल्यो ।” केटीले रिजेक्ट गरि रे… !!! -सुन्ने बित्तिकै उसको आमाको पारो तातेको थियो ।

“के हो भाइ ? तिम्रो मोज मस्ती अझै सकिएको छैन? 
“अनि, तिमी लेडिज भएर अलि बिचार गर्नु पर्छ नि ! यसरि खुलेआम मोजमस्ती गर्दै हिड्नु राम्रो होइन है… अहिलेको यही रमाइलोपनले पछि जीवनमा असर पर्ला ।”

उसको कुरा काट्दै बिचैमा जवाफ दिई “आ दाई, आजको जमानामा पनि … के भन्नुभएको…?  यही त समय हो रिल्याक्स गर्ने । पछि त जीवनमा कुन मुर्गा फेला पर्छ के थाहा ?
”बरु दाइले पनि साथ दिनुन रमाइलो गरौं ।”

उ नाजवाफ भयो सरासर कोठामा गएर सुत्ने प्रयत्न गर्यो । बिहान उठ्यो ।
कमन रुमको दृश्यावोलकन- भुईँ भरि चुरोटका ठुटा, बियर-वाइन बोतल भुईभरि लडिरहेका, ति मानव आकृति पनि भुईँमै पछारिएका… दुबै अर्धनग्न थिए… नाग-नागीन झैं लठारिएका थिए।
उसको दिमाग झन्झनायो । फरक्क फर्क्यो आफ्नै कोठामा।

५ वर्षे अध्ययन पछि घर फर्क्यो । परिवारजन घरमा उसको बिहे गरिदिन हतारमा थिए ।
आमाले केटीको फोटो हातमा राख्दै भनिन् -“मैले तेरो लागी खोजेको केटि यहि हो। इण्डियाबाट भर्खरै ईन्जिनियरिङ् सकेर आकी छे। जोडी मिल्छ तिमीहरूको । तेरो पनि फोटो पठाइदिएको छु ।

“फोटो हेर्यो झस्कियो । उही केटि…!! अर्धनग्न आकृति उसको मानसपटलमा नाच्न थाल्यो ।”

केटीले रिजेक्ट गरि रे… !!! -सुन्ने बित्तिकै उसको आमाको पारो तातेको थियो ।
तर उसको मन चङ्गा झैं भएको थियो ।
सोच्दै थियो…. कमसेकम त्यसको मुर्गा त बन्न परेन….!!


मनिष कुमार शर्मा ‘समित’
ठिमी, भक्तपुर
(निरन्तर रुपमा उत्कृस्ट साहित्यिक रचना पठाउनु हुने “मनिष कुमार शर्मा ‘समित” ज्यूमा हार्दिक आभार ब्यक्त गर्दछौ – लेखापढी म्यागजिन, lekhapadhee.com)


हजुरहरुका लेख-रचना हामीलाई ईमेल मार्फत पठाउन सक्नुहुनेछ:
email- lekhapadhee@gmail.com 
visit us: www.lekhapadhee.com

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •