धोनी आईपीएलमा २ सय खेल खेल्ने पहिलो खेलाडी


लेखक : लेखापढी      ४ कार्तिक २०७७, मंगलवार ०४:०८ मा प्रकाशित     
धोनी आईपीएलमा २ सय खेल खेल्ने पहिलो खेलाडी

महेन्द्र सिंह धोनी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको इतिहासमा २ सय खेल खेल्ने पहिलो खेलाडी बनेका छन् ।

युएईमा जारी १३ औं संस्करणको आईपीएल अन्तर्गत राजस्थान रोयल्ससँगको खेलसँगै धोनी आईपीएलमा २ सय खेल खेल्ने पहिलो खेलाडी बनेका हुन् ।

चेन्नई सुपर किङ्सका कप्तान धोनीले सन् २००८ बाट आईपीएल खेलिरहेका छन् । धोनीले २०१५ सम्म चेन्नईबाट खेले । त्यसपछि सन् २०१६ र १७ को वर्ष राइजिङ पुनेबाट खेलेका थिए ।

तर, धोनी २०१८ बाट भने पुन: चेन्नईबाट खेलिरहेका छन् ।

विकेट किपर ब्याट्सम्यान धोनीले आईपीएलको २ सय खेलमा १ सय ७८ इनिङ्समा ४ हजार ५ सय ६८ रन बनाएका छन् ।