अंकुर चन्दको एक चर्चित गजल


लेखक : लेखापढी      २ कार्तिक २०७७, आईतवार ०४:५३ मा प्रकाशित     
अंकुर चन्दको एक चर्चित गजल
छिन् छिनमै बदलिने, आकार कस्तो !
बदलिने मायाको, प्रकार कस्तो !!
 
पस्दै सिंहदरबारको, ढोका भित्र ,
मनको भुँडी भरिने, परिकार कस्तो !!
 
सधैँ फुलेको फूल, टिप्न खोज्नेलाई,
काडा घोच्ने पीडाको, चित्कार कस्तो !!
 
आफूलाई ठूलोको, संज्ञा दिनेहरू सुन,
सुन बोल्ने शैली पनि, बेकार कस्तो !!
 
मनभरिका सारा, सपनाहरुलाई ,
इच्छा धेरै होला, हेर्ने साकार कस्तो !!
 
दु:खेर अङ्कुर, रोइरहेको बेलामा,

हात बढाई गरेको, उपकार कस्तो !!


अंकुर चन्द 
बेदकोट नगरपालिका 
कंचनपुर, सुदुरपस्चिम


हामीलाई ईमेल मार्फत लेख-रचना पठाउन सक्नुहुन्छ-
 lekhapadhee@gmail.com