अंकुर चन्दका सुन्दर “तीन मुक्तक”


[ss_social_share]
लेखक : लेखापढी      १ कार्तिक २०७७, शनिबार ०६:२५ मा प्रकाशित     
अंकुर चन्दका सुन्दर “तीन मुक्तक”

१ –
क्षमा गर तिमीलाई थाहा नदिएर आएँ ।
मनै बाट तिमीलाई धेरै सम्झिएर आएँ ।
टाढिएर यो जिन्दगी जिउन सकिएन,
र त फेरि तिम्रै बाटो फर्किएर आएँ ।

२- 
भिज्दैछु म ओत लाग्ने आकाश भए दिनु ।
हजुरको मुटुभित्र बास भए दिनु ।
दिने या नदिने यहाँ हजुरको मर्जी हुन्छ,
माग्दैछु म त्यो मुटु विश्वास भए दिनु ।।

३-
झुपडीमा गई हेर, को को बाँचेका छन् ।
एकछाक खान नपाई,भोको बाँचेका छन् ।
समृद्धिको चारैतिर,आवाज घन्किरहदा,
मकै, ढिँडो, फापर, पाउने धोको बाँचेका छन्।।


अंकुर चन्द 
बेदकोट नगरपालिका 
कंचनपुर, सुदुरपस्चिम 
(सुदुरपस्चिमबाट हामीलाई नियमित रुपमा सुन्दर साहित्यिक रचना पठाउनु हुने अंकुर चन्द  प्रति हार्दिक आभार ब्यक्त गर्दछौ ।-लेखापढी म्यागजिन)


हामीलाई ईमेल मार्फत लेख-रचना पठाउन सक्नुहुन्छ-
lekhapadhee@gmail.com

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •