रघुबीर चन्दको सुन्दर गजल !!


रघुबीर चन्दको सुन्दर गजल !!

सत्य जति ओकेलेर बोल्दैन कोही यहाँ !
तथ्य के हो खोजेर लेख्दैन कोही यहाँ !!

पाखुरीको पौरखमा बाँच्दैन कोही यहाँ !
बेफजूलको हसुर्न छोडदैन कोही यहाँ !!

व्यर्थैको भागादौडले थाक्दैन कोही यहाँ !
हाँसेर हँसाउन जान्दैन कोही यहाँ !!

तनावको खेती बिना बाँच्दैन कोही यहाँ !
अवयव भौतिकले अघाउदैन कोही यहाँ !!

अन्योलको परिधिलाई नाघ्दैन कोही यहाँ !
नपिरेर अर्कालाई बाँच्दैन कोही यहाँ !!

आशाका त्यान्द्राहरू जोडदैन कोही यहाँ !
पौरखका सपना सजाउदैन कोही यहाँ !!


रघुबीर चन्द 
कंचनपुर, सुदुरपस्चिम