बर्षालाई अनलाईन करातेमा स्वर्ण


बर्षालाई अनलाईन करातेमा स्वर्ण

धनगढी । धनगढीकी वर्षा साउँदले राष्ट्रव्यापी ‘नेपाल ओपन कराते काता च्याम्पियनसिप’ मा स्वर्ण पदक जितेकी छिन् ।

अनलाईन प्रतियोगितामा कर्णाली प्रदेशकी एलिसा रास्कोटी मगरलाई पछि पार्दै वर्षाले स्वर्ण जितेकी हुन् । स्वर्णसँगै वर्षाले १० हजार नगद पुरस्कार पनि प्राप्त गरेकी छिन ।

धनगढी कराते एकेडेमीकी कराते प्रशिक्षक रहेकी वर्षा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएकी थिइन् ।

पुरुष तर्फको स्वर्ण सशस्त्र प्रहरी बलका सुभाष घतानेले बागमती प्रदेशका रबिन्द्र मानन्धरलाई पराजित गर्दै जितेका छन् ।

यस प्रतियोगिताका निर्णायक आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक बिजेता तथा १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक गंगाराम महर्जन र १३ औँ दक्षिण एसियाली खेलकुदका दोहरो स्वर्ण पदक बिजेता मण्डेकाजी श्रेष्ठ रहेका थिए ।

विजेताहरुलाई प्रदान गरिने नगद पुरस्कारको प्रायोजन पूर्व राष्ट्रिय कराते च्याम्पियन विजय तामाङले गरेका थिए ।