बुद्धिमान जनावर: जनावरहरूको अङ्क बुझ्ने अदभूत क्षमता जसले उनीहरूलाई बाँच्न मद्दत गर्छ


लेखक : लेखापढी      २९ आश्विन २०७७, बिहीबार ०२:२५ मा प्रकाशित     
बुद्धिमान जनावर: जनावरहरूको अङ्क बुझ्ने अदभूत क्षमता जसले उनीहरूलाई बाँच्न मद्दत गर्छ
 

अङ्कविना मानव जीवन अकल्पनीय छ।

तर होमो स्यापियन्सको रूपमा विकसित हुनुपूर्व हाम्रा पुर्खालाई अङ्कको के महत्त्व थियो? जनावरहरूलाई हिसाबकिताबको के खाँचो?

तर के प्रस्ट भएको छ भने अङ्कको ज्ञान जीवित रहन आवश्यक पर्छ। त्यसैले कैयन् जनावरमा यो व्यवहारगत ज्ञानको रूपमा विद्यमान छ।

जनावरहरूलाई तिनको बासस्थानको वातावरणमा गरिएका कैयन् अध्ययनहरूले के देखाएको छ भने अङ्क ज्ञानले तिनलाई खानाको स्रोत उपयोग गर्न, शिकार गर्न, अरूबाट जोगिन अनि बासस्थानमा आउजाउ गर्न तथा सामाजिक अन्तर्क्रिया गर्न मद्दत गर्छ।

पृथ्वी ग्रहमा अङ्क ज्ञान भएका जनावरहरूको विकासक्रम अगाडि नै यहाँको सबभन्दा पुराना बासिन्दा एककोषीय ब्याक्टेरियाले यस्ता जानकारीको प्रयोग गर्न थालिसकेको थियो।

के भालुहरूले माछा गन्न सक्छन्?
 

तर पछिल्ला वर्षहरूमा सुक्ष्मजीवशास्त्रीहरूले ब्याक्टेरियाको पनि सामाजिक जीवन हुनसक्ने र तिनले अन्य ब्याक्टेरियाको उपस्थिति वा अनुपस्थितिको बोध गर्ने पत्ता लगाए। अर्थात् तिनमा ब्याक्टेरियाको सङ्ख्या बोध हुन्छ।

उदाहरणका लागि समुद्री ब्याक्टेरियम भिब्रियो फिसेरीलाई लिऔँ।

साथसाथ

यसले बायोलुमिनेसेन्स नामक विशेष प्रक्रियाद्वारा प्रकाश उत्पन्न गर्छ।

यदि यी ब्याक्टेरिया पानीमा थोरै परिमाणमा छन् भने प्रकाश फ्याँक्दैनन्।

तर निश्चित सङ्ख्यामा पुगेपछि सबैले एकैनासले प्रकाश उत्पन्न गर्छन्। यसरी उनीहरू एक्लै छन् या धेरै सङ्ख्यामा छन् भन्ने थाहा पाउँछन्।

एउटा रासायनिक भाषा प्रयोग गरेर उनीहरूले यसो गर्छन्।

सञ्चारका निम्ति उनीहरूले विशेष मोलिक्युल निकाल्छन्। जब तिनको परिमाण पानीमा निश्चित् सङ्ख्या वा ‘कोरम’ पुग्छ तब सबै ब्याक्टेरियाले प्रकाश फ्याँक्न थाल्छन्।

जुनकिरीले पनि प्रकाश उत्पन्न गर्छन्

यो व्यवहारलाई ‘कोरम बोध’ भनिन्छ।

यो कोरम बोधको व्यवहार अन्य जनावरमा पनि देखिन्छ।

जापानी कमिलाले पनि कोरम बोध भएपछि आफ्नो गुँड अन्यत्र सार्छ।

सन् २००८ मा जीवशास्त्री मारि ड्याक र मान्ड्याम श्रीनिवासन्ले गरेको प्रयोगमा मौरीहरूले आफ्नो उडानका क्रममा उल्लेखनीय वस्तुको अङ्क अनुमान गर्ने र त्यसैको आधारमा खानाको स्रोतसम्म पुग्ने गरेको पाए।

कमिला
अङ्कको महत्त्व

समूहमा शिकार गर्ने बेला पनि अङ्कको निकै महत्त्व हुने गर्छ।

ब्वाँसाहरूले आफूभन्दा ठूला बाइसनजस्ता जनावरको शिकार गर्छन्। तर त्यस्ता ठूला जनावरले तिनलाई निकै नोक्सानी पनि पुर्‍याउन सक्छन्।

त्यसैले आफूहरू ठूलो समूहमा नभएसम्म ब्वाँसाहरूले आक्रमण गरिहाल्दैनन्।

अर्थात् आफ्नो सङ्ख्याको बोध गरेर मात्र उनीहरू अघि बढ्छन्। उदाहरणका लागि बाइसनलाई शिकार गर्नु छ भने नौदेखि १३ वटा ब्वाँसाको समूहले सफलता दिलाउन सक्छ।

ब्वाँसो र भालु
सैन्य रणनीति

हार्भर्ड विश्वविद्यालयका माइकल विल्सन तथा साथीहरूले चिम्पान्जीहरूले कसरी सैन्य रणनीतिकार जस्तो सङ्ख्याको लेखाजोखा गर्छन् भन्ने पत्ता लगाए।

उनीहरूले विपक्षी दलको सापेक्षित बल नाप्न सैन्य फौजले प्रयोग गर्ने सूत्र प्रयोग गर्ने गरेको पाइयो।

जसअनुसार चिम्पान्जीको एउटा समूह अर्को समूहविरुद्ध प्रतिस्पर्धामा तबमात्र उत्रन्छ जब उनीहरूको सङ्ख्या कम्तीमा डेढ गुनाले धेरै हुन्छ।

जीवित रहनु भनेको आफ्नो जीन प्रसार गर्न सक्नु पनि हो।

चिम्पान्जी
 

त्यसैले यौनकार्यपश्चात् भालेले पोथीलाई अरू भालेबाट जोगाउन केही समय वरपर नै बस्छ।

यदि जीवित रहने र प्रजनन गर्ने कार्यमा अङ्कको ज्ञानले मद्दत गर्छ भने त्यसमा निर्भर हुने गरिन्छ।

यसै कारण जनावर जगतमा अङ्क ज्ञान वा सक्षमता निकै पाइन्छ: यो ज्ञानको विकास फैलियो या त साझा पुर्खाबाट प्राप्त भएका कारण या विभिन प्रजातिका जनावरले यसको खोज र प्रयोग विस्तार गरेका कारण।

यो ज्ञानको विकासक्रम जेजस्तो भएपनि एउटा कुरा भने निश्चित् छ – अङ्क ज्ञान वा सक्षमता अवश्यनै सहायक छ।