मन्त्रिपरिषद हेरफेर: नयाँ मन्त्रीको सपथ भोलि बिहान, हेर्नुहोस कुन मन्त्रि कुन मन्त्रालय!!


[ss_social_share]
लेखक : लेखापढी      २९ आश्विन २०७७, बिहीबार ०१:४० मा प्रकाशित     
मन्त्रिपरिषद हेरफेर: नयाँ मन्त्रीको सपथ भोलि बिहान, हेर्नुहोस कुन मन्त्रि कुन मन्त्रालय!!

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्दै केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।

रक्षा मन्त्रालय भने प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।

त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।त्यस्तै सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ नियु्क्त भएका छन् भने लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनाइएको छ।  श्रेष्ठ सिरहाबाट निर्वाचित सांसद हुन्। उनी पूर्वएमाले हुन्। दोस्रो संविधान सभा चुनावमा उनले  सिरहा-५ मा  तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाललाई झन्डै हराएका थिए।  

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको छ ।

योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ ।

संविधानत: मन्त्रिपरिषद २५ सदस्यीय भन्दा बढी संख्याको बनाउन पाइने छैन । अब मन्त्री थप गर्नुपरेमा हाल रहेका मन्त्रिपरिषद सदस्यलाई हटाउनुपर्नेछ ।

नयाँ मन्त्रीहरूको सपथ भोलि साढे ११ बजे हुनेछ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •