तारा प्रशाद शर्माको एक गजल


लेखक : लेखापढी      २९ आश्विन २०७७, बिहीबार २२:५९ मा प्रकाशित     
तारा प्रशाद शर्माको एक गजल
कानुन माथी धावा बाेल्छन् छैन भय पनि!
उसैकाे हुन्छ यहाँ साधु झै जय जय पनि !!
 
देश समृद्ध बनाउछु भन्नु हुन्थ्यो अन्तै लाग्नु भएछ!
पहिले आफ्नै भेष बनाउछु भन्छ महासय पनि !!
 
जिउदाेँ छँदा कहिल्यै हालखबर नसाेध्ने मित्रहरू !
आर्यघाट सम्मै गर्छन् गज्जवकाे अभिनय पनि !!
 
उनले बाेलाउनै भनि चुरा बजाएकि रहिछन् !
यति सम्म साेझाे भैयाे कि बुझिएन आसय पनि !!
 
गणित-बिज्ञान मात्रै हाे  लाग्थ्यो जटिल मलाई त!

बहुत जटिल रहेछ हजुर प्यार भन्ने विषय पनि  !!


तारा प्रसाद शर्मा
बेदकाेट-३, कञ्चनपुर
सुदुरपस्चिम 
 हामीलाई ईमेल मार्फत लेख-रचना पठाउन सक्नुहुन्छ- lekhapadhee@gmail.com