क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण


क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

एजेन्सी । क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोर्चुगलको राष्ट्रिय टिममा रहेका रोनाल्डोलाई कोरोनाको संक्रमण देखिएको हो ।

 

पोर्चुगिज फुटबल महासंघले रोनाल्डोमाथि कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

३५ वर्षीय युभेन्ट्सका फरवार्डलाई कुनै लक्षण देखिएको छैन । उनलाई राष्ट्रिय टिमबाट बिदा गरिएको छ । राष्ट्रिय टिमबाट बिदा भएका रोनाल्डोले एकान्तवास सुरु गरेका छन् ।

पोर्चुगलले नेसन्स लिग फुटबलमा बुधबार स्विडेनसंग प्रतिस्पर्धा गर्दैछ ।

रोनाल्डोको अनुपस्थितीमा फर्नान्डो सान्तोस पोर्चुगलको टिममा छनोट हुन सक्नेछन् ।

गत आईतबार भएको फ्रान्सविरुद्धको खेलमा पोर्चुगलले गोल रहित बराबरी खेल्दै अंक बाँडेको थियो ।

युभेन्ट्सका फरवार्डले देशका लागि पछिल्लो समय दुई खेले खेलेका थिए । उनले स्पेनसंग मैत्रीपूर्ण फुटबल र फ्रान्ससंग नेसन्स लिगमा खेलेका थिए ।

दुवै खेल गोलरहित बराबरीमा सकिएको थियो ।