अंकुर चन्द मोहनी रुप हेर्न पुगे… -उत्कृस्ट गजल


लेखक : लेखापढी      २८ आश्विन २०७७, बुधबार ०४:५६ मा प्रकाशित     
अंकुर चन्द मोहनी रुप हेर्न पुगे… -उत्कृस्ट गजल


सुगन्धित फुल चुम्न पवन बनी आए !

मोहनी त्यो रुप हेर्न गगन बनी आए !!

चारैतीर अन्धकार, सहन कस्ले सक्छ,
सहज बाटाे देखाउन, नयन बनी आए !!

कोमल अनि सुन्दर, ती अंग सजाउन,
उमङ्गका लहर बोकि, याैवन बनी आए !!

निधारको टिका माथी, सिउदो खालि देखी,
तिम्रो हात समाउन, लगन बनी आए !!

टाढाका जुनतारा, बोलाउनै गाह्रो हुने,
अब तिम्रै मझेरिमा, सयन बनी आए !!


अंकुर चन्द 
बेदकोट नगरपालिका 
कंचनपुर, सुदुरपस्चिम 
(सुदुरपस्चिमबाट हामीलाई नियमित रुपमा सुन्दर साहित्यिक रचना पठाउनु हुने अंकुर चन्द  प्रति हार्दिक आभार ब्यक्त गर्दछौ ।-लेखापढी म्यागजिन)
हामीलाई ईमेल मार्फत लेख-रचना पठाउन सक्नुहुन्छ- lekhapadhee@gmail.com