अर्थशास्त्रतर्फको नोबेल पुरस्कार (nobel prize) दुई जना अमेरिकी नागरिकलाई प्रदान


[ss_social_share]
लेखक : लेखापढी      २७ आश्विन २०७७, मंगलवार ०३:३० मा प्रकाशित     
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार (nobel prize) दुई जना अमेरिकी नागरिकलाई प्रदान

काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी नागरिकलाई प्रदान गरिएको छ।
सोमबार द स्विडिस एकेडेमी अफ साइन्सले घोषणा गरेअनुसार यस वर्षको नोबेल पुरस्कार पाउल आर मिल्ग्रोम र रोबर्ट बिल बी विल्सनलाई प्रदान गरिने भएको हो ।

उनीहरुलाई लिलामी सिद्धान्तमा सुधार तथा नयाँ लिलामी प्रारुपको आविष्कार गरेकाले सम्मानस्वरुप यो पुरस्कार प्रदान गरिएको हो । अहिलेसम्म केवल दुई महिलाले मात्र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् ।

सोमबार अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा भएसँगै यस वर्षको लागि सबै विधाको नोबेल पुरस्कार घोषणा भएको छ । यस वर्षको नोबेल पुरस्कार पाउनेमा सात पुरुष, चार महिला र एउटा संस्था छन् ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •