कञ्चनपुर, सुदुरपस्चिममा ५ दिनसम्म  विद्युत सेवा अवरुद्ध हुने


[ss_social_share]
लेखक : लेखापढी      २६ आश्विन २०७७, सोमबार १४:३० मा प्रकाशित     
कञ्चनपुर, सुदुरपस्चिममा ५ दिनसम्म  विद्युत सेवा अवरुद्ध हुने

कञ्चनपुर, सुदुरपस्चिममा ५ दिनसम्म  विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणको लालपुर एक सय ३२ केभी सवस्टेशनमा ट्रान्सफर्मर फेर्नुपर्ने भएकोले मंगलबार देखि शनिबार सम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो।

लालपुर सबस्टेशनमा १५ एमभीएको ठाउँमा ३० एमभिए क्षमताको ट्रान्सफर्मर जडान गर्न लागिएको अत्तरिया ग्रिड शाखाले जनाएको छ ।

सबस्टेशन अन्तर्गतको बेदकोट नगरपालिका, भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेलौरी नगरपालिका, पुर्नवास नगरपालिका, बेल्डाडी गाउँपालिका र लालझाडी गाउँपालिकामा आलोपालो रुपमा विद्यतु आपुर्ति हुने ग्रिड कार्यालय अत्तरियाले जनाएको छ। 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •